Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

छत्रकोट गाउँपालिकाले सार्वजनिक गर्‍यो बहुआयामिक नीति: “स्मार्ट पूर्वाधारदेखि डिजिटल शिक्षासम्म


४, असार २०८२
  • 429
    SHARES
  • छत्रकोट गाउँपालिकाले सार्वजनिक गर्‍यो बहुआयामिक नीति: “स्मार्ट पूर्वाधारदेखि डिजिटल शिक्षासम्म

    गुल्मी । छत्रकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि “स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार, सुशासनसहितको समृद्ध हाम्रो आधार” भन्ने नारालाई आत्मसात गर्दै बहुआयामिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। मंगलबार बसेको गाउँकार्यपालिका बैठकमा अध्यक्ष रामप्रसाद पाण्डेले प्रस्तुत गरेको योजनाले उच्च शैक्षिक उपलब्धि र डिजिटल शिक्षालाई प्रोत्साहन गर्दै, एसईईमा GPA ४.० प्राप्त गर्ने विद्यार्थीलाई रु १५१,०००, GPA ३.९९–३.९० लाई रु ५१,००० र GPA ३.८९–३.८० ल्याउनेलाई रु २५,००० पुरस्कार दिने घोषणा गरिएको छ । कार्यक्रममा “पुरानो शिक्षापद्धतिबाट डिजिटल शिक्षातर्फ” संक्रमण गर्दै कक्षा ८–१० लाई पूर्ण डिजिटल शिक्षण प्रणालीमा रूपान्तरण गर्ने निर्णय समेत गरिएको छ ।

    यस नीतिमा सामाजिक सुरक्षालाई पनि मुख्य प्राथमिकतामा राख्दै “स्थानीय सरकार सारथी” कार्यक्रममार्फत ५० वर्ष माथिका एकल महिला तथा पुरुषलाई जीवन निर्वाह भत्ता प्रदान गरिने, प्रत्येक वडामा जेष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गरिने र स्वयंसेवकमार्फत् वृद्धहरूको हेरचाह गर्ने प्रतिबद्धता पनि समावेश गरिएको छ । पूर्वाधार क्षेत्रमा कालोपत्रे सडक निर्माण, पहिरो रोकथाम तथा “हरित सडक” अवधारणा अन्तर्गत अम्रिसोल जस्ता आयआर्जनमुखी बिरुवा रोप्ने योजना अघि सारिएको छ, जसमा वातावरणीय संरक्षण र स्मार्ट पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ ।

    योजनामा सामाजिक समावेशीतालाई बलियो बनाउन भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्ने परिवारलाई जग्गा उपलब्ध गराउने, जुवा–तास तथा लागू पदार्थ र मदिरा सेवनले पारिवारिक विघटन ल्याउने प्रवृत्तिबाट प्रभावित व्यक्तिलाई मनोपरामर्शमार्फत पुनर्संरचना गर्ने, कर सचेतना अभियान सञ्चालन गर्ने र विपद्का बेला उद्धार स्वयंसेवकलाई सम्मान गर्ने प्रावधानहरू समावेश गरिएको छ । यस्तै, जिल्ला भित्रका नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा, रोडा) सम्बन्धी रोयल्टी तिर्ने र रसिद नलिने अवस्थामा जरिवाना गर्ने व्यवस्था पनि तय गरिएको छ ।

    स्वास्थ्यसेवा सुधार तर्फ, विदेश वा अन्य स्थानबाट आउने आफन्तलाई शव व्यवस्थापन सहज हुन प्राथमिक स्वास्थ्य केन्द्रमा शवगृह फ्रिजलगायत पूर्वाधार लगाउने योजना सहित, कृषि तथा पशुपालन उद्यमीहरूलाई जग्गा भाडामा दिई सहुलियतपूर्ण अनुदान वितरण गर्ने तरकारी तथा उत्पादन आधारित उद्यमहरूलाई समावेश गरिएको छ । प्रस्तुत सबै योजनाहरुले शिक्षा, स्वास्थ्य, पूर्वाधार, वातावरण, सामाजिक न्याय एवं आर्थिक समावेशीतालाई एकीकृत गर्दै “समृद्ध हाम्रो आधार” नारालाई व्यवहारमा परिणत गर्ने उल्लेखनीय प्रतिबद्धता दर्शाउँछन्।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend