सुजन न्यौपाने,छत्रदेव । नेपाली राजनीतिक र देशको सार्वभौममाथि जव विचलन हुने खतरा बढ्छ तब याद आउने एक नेता हुन् वीपि कोइराला । जसको पुरा नाम हो विश्वेश्वर प्रसाद कोइराला । तत्कालिन राणाकालिन शासनका वेला राजनीतिमा उदाएका विपीले कठोर संर्घर्ष गरेर देशमा नेपाली काँग्रेस पार्टीको स्थापना गरे । जो अहिले काँग्रेसका संस्थापक मानिन्छन् ।
नेता कोइरालाले राजनीतिकबाट देशमा अन्ततः प्रजातन्त्र स्थापना गरी आमनागरिकको अधिकारलाई सुनिश्चित गरी हकअधिकारलाई खुल्ला गरेपछि सबैको मनमा बस्न सफल भएका नेता मानिन्छन् कोइराला ।
यसैसन्दर्भमा शनिवार महामानव विपी कोइरालाको ४१ औं स्मृति दिवशको अवसरमा अर्घाखाँचीको छत्रदेव गाँउपालीका–५ मा छत्रमहाराज मन्दिर परिसरमा वृक्षारोपण गरी स्मरण गरिएको छ। नेपाली काँग्रेस गाँउपालिका कार्यसमिति अर्घाखाँचीको आयोजनामा मन्दिर परिसरमा विभिन्न प्रजातिका विरुवा रोपिएको हो ।
सो क्रममा नेपाली काँग्रेस अर्घाखाँचीका जिल्ला सह सचिव मेघराज पाण्डेले बीपि कोइरालाको योगदानको चर्चा गरेका थिए । पालिका सभापती प्रकास पन्थी, छत्रदेव गााउँँपालीका अध्यक्ष चन्द्रमान श्रेष्ठ, लगायतले बोलेका थिए।
बक्ताहरुले स्व.कोइरालाको मेलमिलापको निति अहिलेको अवस्थामा झनै सान्दिर्भिक रहेको भन्दै बीपि बिचारधारा अनुशरण गर्नुपर्नेमा जोड दिएका थिए ।