दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरेको ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ ।
बुधबार बसेको छैठौं अधिवेशनको १७औं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले अर्थसम्बन्धी विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावलाई बहुमतले समर्थन गरेपछि सभामुख तुलाराम घर्ती मगरले पारित भएको घोषणा गरे ।
बजेटअनुसार चालु खर्चतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार रुपैयाँ (कुल बजेटको ३०.८८ प्रतिशत) र पुँजीगत खर्चतर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपैयाँ (कुल बजेटको ६०.३२ प्रतिशत) विनियोजन गरिएको छ ।