Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भूमिकास्थान नगरपालिकाको प्रगतिः बिउमा आत्मनिर्भर, ८१ लाख बढी आन्तरिक आम्दानी, स्वरोजगारीको दर बढाउँदै


२०, असार २०८२
  • 187
    SHARES
  • भूमिकास्थान नगरपालिकाको प्रगतिः बिउमा आत्मनिर्भर, ८१ लाख बढी आन्तरिक आम्दानी, स्वरोजगारीको दर बढाउँदै

    ✍️ गोपाल प्रसाद भट्टराई  अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को अन्तिम चौमासिक सार्वजनिक सुनुवाइ बिहीबार पोखेडाँडामा सम्पन्न गरेको छ। सुनुवाइमा चालु आर्थिक वर्षमा भएका योजना, कार्यक्रम तथा बजेट खर्चको विवरण प्रस्तुत गर्दै नागरिकबाट सुझाव संकलन गरिएको थियो।

    नगरपालिकाले चालु वर्षमा ८६ करोड ८८ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएकोमा असार १९ सम्ममा ८६.६ प्रतिशत खर्च भएको जनाइएको छ। चालुतर्फ ८२ प्रतिशत र पुँजीगततर्फ ८१ प्रतिशत बजेट खर्च भएको योजना शाखा प्रमुख हरिश्चन्द्र भुसालले जानकारी दिनुभयो। त्यसैगरी, आन्तरिक आम्दानीतर्फ ८२ लाखको लक्ष्य राखिएकोमा ८१ लाख ३० हजार रुपैयाँ राजस्व संकलन भइसकेको राजस्व शाखा प्रमुख जगतप्रसाद भुसालले बताउनुभयो ।

    असार मसान्तसम्म लक्ष्यभन्दा बढी आम्दानी हुने संकेत देखिएको छ। कार्यक्रममा सहजीकरण संस्थाको रूपमा संलग्न नयाँ मिडिया प्रा.ली. र योजना अधिकृत भुसालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उक्त प्रतिवेदनको आधारमा सार्वजनिक सुनुवाइमा सहभागीहरूले नगरपालिकाको सेवा, विकास र बजेटको प्रभावकारिता सम्बन्धी प्रश्नहरू गरेका थिए ।

    नगरप्रमुख झविलाल थापाले पारदर्शिता, जवाफदेहिता र सुशासनलाई प्राथमिकता दिइएको बताउँदै जनशक्तिको सदुपयोगमार्फत स्वरोजगारी र आत्मनिर्भरता बढाउन गरिएको प्रयासबारे जानकारी दिनुभयो। उहाँले “कर्मशिल जनशक्ति परिचालन कार्यक्रम” अन्तर्गत बाँझो जग्गामा खेती, रैथाने बाली प्रवद्र्धन, बिउ उत्पादनमा आत्मनिर्भरता, र थाकलको पातबाट झोला–टोपी बनाएर बजारीकरणजस्ता कामलाई प्रगतिको सूचकका रूपमा प्रस्तुत गर्नुभयो ।

    उपप्रमुख बालकृष्ण बन्जाडेले सीमित बजेटका कारण सबै माग पूरा गर्न कठिनाइ भए पनि पारदर्शी रूपमा काम भइरहेको स्पष्ट पार्नुभयो। प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले स्रोत र साधनको उचित उपयोग गरेर सेवा प्रवाह र विकासलाई प्रभावकारी बनाउनेतर्फ नगरपालिका लागिपरेको बताउनुभयो। सुनुवाइमा सहभागी नागरिक, जनप्रतिनिधि र सरोकारवालाहरूले शिक्षा, स्वास्थ्य, कृषि, सेवा प्रवाह र अनुगमन प्रणालीलाई अझ प्रभावकारी बनाउन माग गरेका थिए ।

    नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित विषयगत शाखा प्रमुख तथा वडाध्यक्षहरूले सोधिएका प्रश्नहरूको जवाफ दिएका थिए। कार्यक्रममा पत्रकार हृदयकुमार भुसाल, गोपालप्रसाद भट्टराई, जितेन्द्र खत्री र अर्जुन भुसालले सहजीकरण गर्नुभएको थियो भने जिल्ला समन्वय समिति अर्घाखाँचीका सदस्य झुपलाल खनाल, वडा अध्यक्षहरू, जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, टोलविकास संस्था, उपभोक्ता समिति र स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend