Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

२१२औँ भानुजयन्ती अर्घाखाँचीमा परिसंवादसहित मनाइयो, संस्कृति संरक्षणकर्मी जनार्दन खनाल सम्मानित


३१, असार २०८२
  • 181
    SHARES
  • २१२औँ भानुजयन्ती अर्घाखाँचीमा परिसंवादसहित मनाइयो, संस्कृति संरक्षणकर्मी जनार्दन खनाल सम्मानित

    गोपाल प्रसाद भट्टराई अर्घााँची । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसरमा अर्घाखाँचीमा विविध कार्यक्रम आयोजना गरिएको छ। लुम्बिनी वाङ्गमय प्रतिष्ठान अर्घाखाँचीद्वारा सन्धिखर्कमा आयोजित परिसंवाद कार्यक्रमको अवसरमा संस्कृति संरक्षणमा सक्रिय जनार्दन खनाललाई सम्मान गरिएको हो ।

    मालारानी–३ निवासी खनाललाई नेपाली संस्कृति संरक्षण र विकासमा कलम चलाएको योगदानस्वरूप प्रतिष्ठानको केन्द्रिय समितिले सम्मानपत्रद्वारा अभिनन्दन गरेको हो।खनाल संस्कृति संरक्षण मञ्च अर्घाखाँचीका अध्यक्ष समेत हुन्।

    कार्यक्रममा प्रमुख अतिथि तथा प्रतिष्ठानका अध्यक्ष ऋषि आजादले जनार्दन खनालद्वारा संकलित ‘अर्घाखाँचीका फागु गीत’ संग्रह र उहाँको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

    सोही अवसरमा भानुजयन्तीलाई सार्थक बनाउँदै एक परिसंवाद कार्यक्रम पनि सञ्चालन गरिएको थियो। उक्त परिसंवादमा नेपाली संस्कृतिको निर्माण र प्रवर्द्धनमा भानुभक्तीय रामायणले पुर्‍याएको प्रभावबारे विस्तृत छलफल गरिएको थियो।

    कार्यक्रमको सञ्चालन लुम्बिनी वाङ्गमय प्रतिष्ठानका केन्द्रिय सदस्य राजकुमारी कुँवरले गर्नुभएको थियो। परिसंवादमा पूर्वप्राध्यापक हुमकान्त पाण्डे, संस्कृतिविद् उत्तरकुमार पराजुली, प्रा. माधवराज चुँदाली, साहित्यकार लक्ष्मी कोकिला पोख्रेल, र प्राध्यापक बिमला खनाललगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

    वक्ताहरुले आदिकवि भानुभक्त आचार्यले संस्कृत भाषामा रहेको रामायणलाई भावानुवादसहित नेपाली भाषामा ल्याएर आमजनसम्म पुर्‍याएको उल्लेख गर्दै उहाँको योगदानलाई नेपाली भाषा, साहित्य र संस्कृतिको विकासको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गर्नुभयो। लुम्बिनी वाङ्गमय प्रतिष्ठान अर्घाखाँचीका अध्यक्ष विष्णु प्रसाद बस्यालको अध्यक्षता, उपाध्यक्ष कमल पोख्रेलको स्वागत मन्तव्य तथा सचिव तिर्थराज आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा भानुभक्तको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो।

    कार्यक्रममा अर्घाखाँचीका साहित्यकार, श्रष्टा तथा लेखकहरूको उल्लेख्य सहभागिता रहेको थियो। स्थानीय स्रष्टाहरुले आफ्ना साहित्यिक रचनाहरू वाचन गर्दै भानुभक्तप्रतिको श्रद्धा प्रकट गरेका थिए ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend