Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बैठक ‘लाइभ’ले पारदर्शीता प्रबर्द्धन भएको छ -कांग्रेस नेता डा.कोइराला


७, साउन २०८०
  • 153
    SHARES
  • बैठक ‘लाइभ’ले पारदर्शीता प्रबर्द्धन भएको छ -कांग्रेस नेता डा.कोइराला


    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले केन्द्रीय कार्यसमितिको बैठक प्रत्यक्ष प्रसारण (लाइभ) हुँदा पारदर्शीतालाई प्रबर्द्धन गरेको बताउनुभएको छ । यही साउन २ गतेदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आज आफ्ना धारणा राख्दै डा कोइरालाले कार्यविधि तय गरेरै बैठक प्रत्यक्ष प्रसारण गरेको भए अझ राम्रो हुने धारणा राख्नुभयो । 

    उहाँले ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्न पार्टीलाई प्राविधिक कारणले सम्भव नभएको बताउनुभयो । यद्यपि कांग्रेसको समर्थनको सङ्घीय सरकार रहको र प्रदेश सरकारमा पनि कांग्रेसको उपस्थिती बलियो रहेको उल्लेख गर्नुभयो ।

    “कांग्रेसले गठबन्धन गरेर ठीक वा बेठीक ग¥यो भनी अब बस्ने समय छैन, आगामी निर्वाचन कांग्रेसले एक्लै लड्ने तयारी आजबाटै गर्नेछौँ भनी शपथ खानुपर्नेछ”, नेता डा कोइरालाले भन्नुभयो, “किनकी गत निर्वाचनबाट हामीले प्राप्त गरेको मत विभाजित कम्युनिष्ट पार्टीभन्दा पनि कम छ ।”गठबन्धनको मर्मअनुसार सरकार सञ्चालन भएको छ कि छैन वा मन्त्रीले स्वतस्फुर्तरुपमा काम गर्न पाएका छन् कि छैनन् भन्ने विषयमा भने सोच्नुपर्ने समय आएको उहाँको भनाइ थियो । 

     उहाँले विदेशमा बस्ने नेपालीलाई समानुपातिक प्रणालीमा मताधिकार दिने भनेर निर्वाचन आयोगले भनेको उल्लेख गर्दै यससम्बन्धी कानुन बनाएर कार्यान्वयनका लागि कांग्रेसले जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    नेता डा कोइरालाले विभिन्न कारणले कांग्रेसको मूलधारबाट अलग्गिएका र छेउ किनारामा पुगेका कांग्रेसजनलाई सम्मानजनकरुपमा घर फर्कने बाटो खोलिनुपर्ने धारणा व्यक्त गर्दै कांग्रेसले व्यक्तिको राजनीतिक सुरक्षा र राष्ट्र निर्माणमा समान अवसर सबैलाई दिन्छ भन्ने सन्देश प्रवाह गर्नसके असन्तुष्ट भएकालाई पुनः मूलधारमा ल्याउन सकिने तर्क गर्नुभयो ।

    उहाँले विधानअनुसार अविलम्ब महासमितिको बैठक बोलाई नीति तथा कार्यक्रम ल्याउनेतर्फ जानुपर्ने माग गर्नुभयो ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend