Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

जब प्रहरीले अधिकृतहरुले ठट्यौली शैलीमा भने, ‘माननीय ज्यू यसरी हामीलाई दुःख नदिनुस् न’


१, जेठ २०८०
  • 235
    SHARES
  • जब प्रहरीले अधिकृतहरुले ठट्यौली शैलीमा भने, ‘माननीय ज्यू यसरी हामीलाई दुःख नदिनुस् न’

    काठमाण्डौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझी वैशाख तेस्रो साता नै काठमाडौं आउँदाआउँदै बीच बाटोबाटै फर्किएको खुलेको छ । त्यसपछि ११ दिनसम्म सम्पर्कविहीन भएका उनलाई प्रहरीले आइतबार बेलुकी बुढानीलकण्ठको पासिकोट क्षेत्रबाट पक्राउ गरेको दाबी गरेको छ ।

    टोपबहादुरविरुद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो । त्यतिबेला अर्घाखाँचीको एक विद्यालयको कार्यक्रममा रहेका बेला उनले आफूविरुद्ध प्रक्राउ पुर्जी जारी भएको थाहा पाएका थिए । त्यसपछि भैरहवा विमानस्थल हुँदै काठमाडौं जाने भनेर उनी बुटवलसम्म आएका थिए । त्यहाँबाट प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसँग उनले टेलिफोन गरी आफूविरुद्ध जारी भएको पक्राउ पुर्जीबारे जिज्ञासा राख्दै आफू नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न नभएको जिकीर गरेका थिए ।

    कुँवरले भने काठमाडौं प्रहरीमै आएर आफ्ना कुरा राख्न भनेका थिए । त्यसपछि काठमाडौं आउँछु भनेका उनी भैरहवा क्षेत्रबाटै सम्पर्कविहीन भएका थिए । तर टोपबहादुर सडकमार्ग हुँदै काठमाडौं आउँदै गरेको सूचना पाएर प्रहरीले निगरानी बढाएको थियो। काठमाडौं नपुग्दै प्रहरीले आफूलाई पक्राउ गर्ने सूचना पाएपछि उनी धादिङबाटै फर्किएका थिए। त्यसपछि चालक र एक जना सहयोगीमात्र टोपबहादुरको गाडीमा काठमाडौंतर्फ आएका थिए ।

    प्रहरी स्रोतले अनलाइनखबरसँग भन्यो, ‘टोपबहादुरको गाडीलाई खानी खोला प्रहरीले रोकेको थियो । गाडीमा चालक र एक जना सहयोगीमात्र थिए । माननीय ज्यू खोइ त भनेर सोध्दा उहाँ बुटवलतिरै हुनुहुन्छ भनेर प्रहरीलाई भनिएको थियो । काठमाडौं प्रहरी परिसरमा आफैं आउँछु र अनुसन्धानमा सघाउँछु भनेका टोपबहादुर फरार भएपछि उनलाई पक्रन प्रहरीमाथि दबाव बढेको थियो ।

    केन्द्रीय समितिको बैठकमा पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरीबाट दुर्व्यवहार हुने आशंका टोपबहादुरले व्यक्त गरेर सम्पर्कविहीन भएको जानकारी गराएका थिए । तर टोपबहादुर प्रहरीमा पुगेर अनुसन्धानमा सघाउनुपर्ने ओलीले बताएका थिए । केन्द्रीय समितिको बैठक अघि बसेको सचिवालय बैठकले टोपबहादुरलाई पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको थियो । प्रहरीमा आत्मसमर्पण गर्न दबाव बढ्दै गएको बेला विशेष व्युरोको टोलीले टोपबहादुरलाई आइतबार बेलुका काठमाडौंको बुढानीलकण्ठस्थित एक व्यक्तिको घरबाट नियन्त्रणमा लिएको थियो ।

    त्यसपछि उनलाई काठमाडौं प्रहरी परिसरमा ल्याउँदा प्रहरीले अधिकृतहरुले ठट्यौली शैलीमा ‘माननीय ज्यू यसरी हामीलाई दुःख नदिनुस् न’ भनेको स्रोतले बतायो । टोपबहादुरले पनि छोरा पक्राउ परेपछि आफूलाई नमजा लागेको बताएका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा गिरोहसँग रकम लेनदेन गरेको आरोपमा प्रहरीले टोपबहादुरका छोरा सन्दीपलाई वैशाख २० गते बुटवलबाट पक्राउ गरेको थियो ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend