Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट छ : प्रधानमन्त्री प्रचण्ड


८, साउन २०८०
  • 117
    SHARES
  • भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट छ : प्रधानमन्त्री प्रचण्ड
    इटाली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्ने सरकारको अठोट रहेको बताउनुभएको छ । इटालीको रोममा विभिन्न नेपाली सङ्गठनका प्रतिनिधिले उहाँसँग आज गर्नुभएको भेटमा प्रधानमन्त्री दाहालले  देशमा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा सरकार अघि बढेको जानकारी दिनुभयो ।
     
    प्रधानमन्त्री प्रचण्डसँग नेपाली प्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्यान्डका प्रतिनिधिहरूले भेट गर्नुभएको थियो । भेटमा प्रधानमन्त्री दाहालले ठूला–ठूला भ्रष्टाचार र अनियमिततामा संलग्नलाई कारबाही गर्न सरकारले अठोट लिएकाले राष्ट्र निर्माणमा युरोपमा रहेका नेपालीको साथ आवश्यक रहेको बताउनुभयो । 
     
    सो अवसरमा सरकारले गरेका कामबाट विदेशमा भएका नेपालीमा देश बन्ने भो भन्ने सन्देश प्रवाह भएकाले त्यसका लागि प्रधानमन्त्रीलाई बधाई दिन एवं ऐक्यबद्धता जनाउन नेपाली सङ्गठनका प्रतिनिधिले प्रधानमन्त्रीलाई भेटेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । त्यस अवसरमा प्रधानमन्त्री दाहालले युरोपमा रहेका नेपालीको समस्या समाधान गर्नका लागि कूटनीतिक तवरले आफू लागिपरेको बताउनुभयो ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend