Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

बडादशैँ शुरु, आज घरघरमा घटस्थापना गरिँदै


६, असोज २०८२
  • 235
    SHARES
  • बडादशैँ शुरु, आज घरघरमा घटस्थापना गरिँदै

    काठमाण्डौ – यस वर्षको बडादशैँ आजदेखि शुरु भएको छ ।

    असाेज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धूमधामका साथ दशैँ मनाउने गरिन्छ । बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँघरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

    आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । घटस्थापनाको साइत अहिले  बिहान ९ बजेर १३ मिनेटमा छ । 

    आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई आउँदो १६ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फुलप्रसाद ग्रहण गर्ने गरिन्छ । दशैँ शुरु भएसँगै बजारमा किनमेल गर्ने र गाउँघर फर्कनेको चहलपहल पनि शुरु भएको छ ।
     

  • भविष्य मालिका अनुसार कलियुगको अन्त्यतर्फ बढ्दै जाने आध्यात्मिक तथा खगोलीय परिवर्तनबारे चर्चा

    काठमाडौं । हिन्दू धार्मिक तथा आध्यात्मिक परम्परामा चर्चित भविष्य मालिकामा कलियुगको अन्त्यसँग सम्बन्धित विभिन्न खगोलीय,

  • तीजको रौनक सुरु, आज दर खाने दिन

    काठमाडौं । नेपाली महिलाको प्रमुख सांस्कृतिक पर्व हरितालिका (तीज) आजदेखि दर खाएसँगै औपचारिक रूपमा सुरु

  • प्राकृतिक विपत्तिमा ‘आत्मोद्धार’को संकल्प : देवीघाटमा लाखबत्ती प्रज्वलनसहित विशेष आध्यात्मिक अनुष्ठान

    त्रिशूली बाढीका दिवङ्गतप्रति श्रद्धाञ्जलि, पीडितको उद्धार र पुनःस्थापनाका लागि सरकार-समाजलाई सहकार्यको आह्वान काठमाडौं । त्रिशूली नदीमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend