Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सरकार र वन महासंघ बीचको वार्ता निष्कर्ष बिहिन, पुनः साउन १४ गते बस्ने  


९, साउन २०८०
  • 150
    SHARES
  • सरकार र वन महासंघ बीचको वार्ता निष्कर्ष बिहिन, पुनः साउन १४ गते बस्ने  


    भालुवाङ  । लुम्बिनी प्रदेश सरकार र आन्दोलनरत सामुदायिक वन उपभोक्ता महासंघ संगको पहिलो दिनको वार्ता निष्कर्ष बिहिन भएको छ । वार्ता गर्न कार्यदल गठन गरेको झण्डै १० दिन ढिला गरी सोमबारबाट शुरु भएको पहिलो दिनको वार्ता निष्कर्ष बिहिन बनेको हो ।

    साल जातको काठ बिक्रि गर्दा आम्दानीको २५ प्रतिशत रकम अनिवार्य लुम्बिनी प्रदेश सरकारलाई बुझाउनुपर्ने निर्णयका बिरूद्ध सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेश समितीले असार २६ गते देखि चरणबद्ध आन्दोलनको कार्यक्रम शुरू गरेको थियो । आन्दोलन शुरु गरेको तेस्रो दिन मै सरकारले आन्दोलनरत पक्ष संग वार्ता गर्न कार्यदल गठन गरेपछि तत्कालका लागि वन महासंघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिई वार्ताका लागि तयार भएको थियो । तर कार्यदलले विभिन्न कारण देखाउँदै १० दिन ढिला गरी सोमबारका लागि आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको थियो ।

    वार्तामा आन्दोलनरत पक्ष वन महासंघ र सरकारले आ-आफ्नो माग तथा अडान कायम राखेपछि पुनः साउन १४ गते दिउँसो २ बजे वार्ता गर्ने गरी वार्ता टुंगिएको छ । वार्तामा कार्यदलले आमन्त्रण गरेका प्रतिनिधिहरुले प्रदेश आर्थिक ऐन, २०५० ले निर्धारण गरेको “सालको काठको आन्तरिक विक्रि वितरण गर्दा प्राप्त हुने रकम मध्ये २५ प्रतिशत वन पैदावार शुल्क वापतको रकम नियमित रूपमा प्रदेश सन्चित कोषमा दाखिला गर्नुपर्नेछ भन्ने व्यवस्थालाई पुनर्विचार गर्नुपर्ने र वन क्षेत्रबाट प्रदेश सरकारको राजश्व अभिवृद्धिमा योगदान पुर्याउन आवश्यक भएकोले उपभोक्ता समुहबाट थप राजश्वको क्षेत्रहरुको पहिचान गरी कार्यान्वयनमा ल्याउन सहमत भएका छन् ।


    वार्तामा वन महासंघले कुनैपनि हालतमा सामुदायिक वन समूहमा सरकारले लगाएको कर खारेज हुनुपर्ने अडान लिएपछि आजको वार्ता निष्कर्ष बिहिन हुन पुगेको वन महासंघ लुम्बिनी प्रदेशकी अध्यक्ष कल्पना भण्डारीले जानकारी दिनुभयो । साथै उहाँले वार्तामा वन महासंघले उठाएका मागहरु प्रति सरकार पक्षको कार्यदल सकरात्मक रहेकोले दोस्रो चरणको वार्तामा सहमति हुने विश्वास व्यक्त गर्नुभएको छ । यता सरकारका तर्फबाट आन्दोलनरत पक्ष संग वार्ता गर्न बनेको कार्यदलका संयोजक एवम् वन तथा वातावरण मन्त्रालयका सचिव उद्धव घिमिरेले आज पहिलो दिनको छलफल एकदमै सकरात्मक रहेको प्रतिक्रिया दिनुभयो । उहाँले वन महासंघले उठाएका मागका सन्दर्भका सरकार सकरात्मक रहेको र साउन १४ गते बस्ने दोस्रो चरणको छलफलमा सहमति कायम हुने बताउनु भयो ।


    त्यस्तै वार्तामा सहभागी सामुदायिक वन उपभोक्ता महासंघ दाङ जिल्ला अध्यक्ष हरिप्रसाद भुसालले वन महासंघले उठाएको माग प्रति कार्यदल सकरात्मक देखिएको बताउनुभयो । छलफलमा वन महासंघले उठाएका मागमा करको बिकल्प खोज्ने गरी आउने बैठकमा सहमति हुने बताउनुभयो । वार्तामा सरकारले गठन गरेको कार्यदलका संयोजक एवम् वन तथा वातावरण मन्त्रालयका सचिव उद्धव घिमिरे, कार्यदलका सदस्यहरु मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका उपसचिव यमकान्त पाण्डेय, अर्थ मन्त्रालयका उपसचिव सुरेन्द्र पाण्डे, कृषि तथा भूमि व्यवस्था मन्त्रालयका उपसचिव अनिल मरासिनी र कार्यदलका सदस्य सचिव एवम् वन तथा वातावरण मन्त्रालयका महाशाखा प्रमुख केशब अर्यालको उपस्थीती रहेको थियो । 


    त्यस्तै आन्दोलनरत पक्षको तर्फ वन महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कल्पना भण्डारी, महासंघकै प्रदेश उपाध्यक्ष हुमानाथ भट्टराई, प्रदेश सदस्य यमबहादुर थापा, महासंघका दाङ जिल्ला अध्यक्ष हरिप्रसाद भुसाल, बैज्ञानिक वन व्यवस्थापन महासंघका लुम्बिनी प्रदेश अध्यक्ष दिपककुमार थापा, सोही महासंघका लुम्बिनी प्रदेश महासचिव होमबहादुर गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो । यता सरकारले आन्दोलनरत पक्ष संग छलफल गरी १५ दिन भित्र राय सहितको अध्ययन प्रतिवेदन सरकारलाई बुझाउने गरी कार्यदललाई जिम्मा दिएको छ । मुख्यमन्त्रीस्तरको निर्णयानुसार वन तथा वातावरण मन्त्रालयका सचिव उद्धब घिमिरेको संयोजकत्वमा कार्यदल कार्यदल गठन गरी उक्त जिम्मेवार प्रदान गरेको छ । 


    कार्यदललाई सरकारले सामुदायिक वन उपभोक्ता समूहले आन्तरिक रुपमा सालको काठ विक्री वितरणबाट हुने आम्दानीको २५ प्रतिशत कर लिने सम्बन्धमा उठाएका विषयबस्तुको अवस्था विश्लेषण, प्रचलित कानूनी व्यवस्था र अन्य प्रदेशले उक्त विषय सम्बन्धमा प्रचलनमा ल्याएको अभ्यास र कानूनी व्यवस्था समेतको अध्ययन गरी आवश्यकतानुसार सरोकारवालाबाट राय लिई बैठकमा आमन्त्रित गर्न सक्ने गरी १५ दिन भित्रमा सुझाव सहित प्रतिवेदन पेश गर्ने लिखित रूपमा जिम्मेवारी समेत प्रदान गरेको छ ।


    वन तथा वातावरण मन्त्रालयको असार ३ गते बसेको सचिव स्तरिय बैठकले प्रदेशभरि रहेका सामुदायिक वन उपभोक्ता समूहलाई पत्रचार गर्दै अब देखि साल जातका काठ आफ्नो उपभोक्ता भित्र आन्तरिक बिक्री गर्दा आम्दानीको २५ प्रतिशत रकम अनिवार्य रूपमा लुम्बिनी प्रदेश सरकारको संञ्चित कोषमा जम्मा गर्नुपर्ने निर्णय गरेको थियो । 


    उक्त निर्णयको खारेजीको माग गर्दै वन महासंघले गत असार २६ गतेदेखि आन्दोलनको कार्यक्रम अन्तर्गत पहिलो चरणमा प्रत्येक दिन दिउँसो १२ बजेदेखि २ बजे सम्म दैनिक दुई घण्टा लुम्बिनी प्रदेश सरकारको गेट अगाडि अनिश्चितकालीन धर्ना कार्यक्रम शुरू गरेका थिए ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend