Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

समाज रुपान्तरणका लागी भिमसेन थापाको योगदान अतुलनीय - रक्षामन्त्री खड्का


९, साउन २०८०
  • 523
    SHARES
  • समाज रुपान्तरणका लागी भिमसेन थापाको योगदान अतुलनीय -  रक्षामन्त्री  खड्का

    काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय विभूति भीमसेन थापाले राष्ट्रियता र भौगोलिक अखण्डताको रक्षा तथा सामाजिक रुपान्तरणका पक्षमा ठूलो गुन लगाउनुभएको उल्लेख गर्नुभएको छ । राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले  आयोजना गरेको कार्यक्रममा उहाँले भीमसेन थापा राष्ट्रभक्त, देशभक्त हुनुका साथै प्रेरणाका स्रोत भएको बताउनुभयो ।

    कावा प्रधानमन्त्री खड्काले भन्नुभयो, “थापाको शासनकालमा सेना, कानुन, सामाजिक, आर्थिक पक्षमा अनुकरणीय सुधारका अभियान चलाउनुभएको थियो । सैनिक सेवालाई आधुनिकिरण गर्नुभएको कार्य हाम्रो  लागि प्रेरणाको स्रोत बनेको छ । उहाँले सुधारका अभियान थालनी गरेर मुलुकलाई ठूलो गुन लगाउनुभएको थियो ।”

    पूर्वजले सुरु गरेका अभियानलाई आफ्नो कार्यकालमा पनि निरन्तरता दिई थापाले देशको सिमानालाई चारैतिर विस्तार गर्नुभएको उहाँले बताउनुभयो । “परिस्थिति वस मुलुकमा आउने अप्ठेरोलाई स्थायित्व दिन कूटनीतिक कौशलताका आधारमा सुगौली सन्धि गरेर मुलुकको सिमालाई स्थायित्व दिनुभयो”,  खड्काले भन्नुभयो ।

    तत्कालीन सामाजिक रुपान्तरणका लागि थापाले कमाराकमारी राख्न नपाउने व्यवस्थालाई स्थापित गर्नुभएको, समाजिक चाडपर्वमा खर्चको सीमा तोक्ने काम गर्नुभएको, नापतौल व्यवस्थापन, ब्याजदर निर्धारण, हुलाकको व्यवथापन गर्नुभएको उहाँले स्मरण गर्नुभयो । जग्गा अभिलेख राख्ने बन्दोबस्त पनि उहाँकै शासनकालमा प्रारम्भ भएको उल्लेख गर्दै कावा प्रधानमन्त्री खड्काले समाजमा हुने अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न आवश्यक प्रबन्ध गर्नुभएको कार्य प्रेरणाको स्रोत भएको बताउनुभयो ।

    भीमसेन थापाले धरहरा, सुन्धारा, बागदरबार, टेकु पुल, थापाथली पुललगायत भौतिक र  ऐतिहासिक संरचना निर्माण सम्पन्न भएको उल्लेख गर्दै उहाँले समाज सुधार र विकास प्रेमी कामबाट आफूहरु प्रेरित भएको सुनाउनुभयो । ऐतिहासिक काम र शासकीय सुधारका सम्बन्धमा भीमसेन थापाले गर्नुभएको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उहाँले यसबाट वर्तमान सरकार प्रेरित रहेको बताउनुभयो । “दुभाग्यबस उहाँ सत्ता षडयन्त्रको शिकार हुनुभयो, झुटा आरोप सहन नसकी उहाँले जीवन स्वयं त्याग्ने बाटो रोज्नुभयो”, कावा प्रधानमन्त्रीले भन्नुभयो ।

    भीमसेन थापाको सच्चा सम्मानका लागि उहाँले देखेका सपना पूरा गर्न सकेन र राष्ट्रियता सुशासन र आर्थिक सामाजिक रुपान्तरणका पक्षमा अहोरात्र खटियौँ भने मात्र उहाँप्रति सच्च श्रद्धाञ्जलि हुने कावा प्रधानमन्त्री खड्काले थापाको धारणा थियो । कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रलाई रु एक लाख एक हजार एक सय ११ नगदसहित सम्मान गरिएको थियो ।

    कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष प्रा डा. पार्थिभेश्वरप्रसाद तिमिल्सिना,  सम्मानित संस्था केन्द्रका संस्थापक डा महावीर पुन, प्रतिष्ठानका सचिव लक्ष्मण थापालगायतले भीमसेन थापाको योगदानबारे चर्चा गर्नुभएको थियो ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend