काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सुन प्रकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानविन समिति गठन गर्न माग गर्नुभएको छ । बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै लिङदेनले सुन प्रकरणमा वास्तविक दोषी पक्राउ गर्न सरकारले तत्परता नदेखाएको आरोप लगाउनुभयो ।
उहाँले विदेशीले सूचना दिएपछि यो काण्ड बाहिर आएको भन्दै भरिया बोकेर तस्कर जोगाउने काम नगर्न सरकारलाई ध्यार्नाकषण गर्नुभयो । लिङ्देनले सुन प्रकरणमा अहिलेसम्म भएका अनुसन्धान चित्त बुझ्दो नरहेको पनि बताउनुभयो ।