Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

दुर्लभ फूलले ढाकिएर पर्यटक कुर्दै जलजला


१०, साउन २०८०
  • 417
    SHARES
  • दुर्लभ फूलले ढाकिएर पर्यटक कुर्दै जलजला

    रोल्पा।रोल्पाको जलजला समय अनुसार फरक फरक दृश्य देखिने गर्दछ।जस अनुसार रोल्पाको जलजला दुर्लभ रङ्गीबिरङ्गी फूलहरुले यतिबेला ढाकिएको छ।जलजला रोल्पा जिल्लाको सुन्दर पहाड हो।

    हजारौं रोपनीमा फैलिएको जलजलालाई रोल्पा नगरपालिका,सुनछहरी गाउँपालिका र थबाङ गाउँपालिकाले घेरेको छ।जलजला समुद्री सतह देखि २ हजार २ सय मिटर देखि ३ हजार ८ सय मिटर उचाईमा रहेको छ।जलजला पुग्न विभिन्न मार्गहरु प्रयोग गर्न सकिन्छ।

    हरेक बर्षको साउने पूर्णिमा अर्थात जनैपूणिर्माको अवसरमा जलजलामा भव्य पुजा लाग्ने गर्दछ।पुजामा जिल्ला भित्र मात्र नभई छिमेकी जिल्ला रुकुम,सल्यान,प्युठान,दाङ र बागलुङ लगायत अन्य जिल्लाहरु बाट पनि पुजा गर्न र घुम्न आउने गरेको पाइन्छ।जलजला नेपाल सरकारले तय गरेको भ्रमण वर्ष २०२० को एक सय गन्तव्यमा सुचीकृत भएको नयाँ गन्तव्य समेत मानिन्छ ।

    सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्राउने लक्ष्यसहित भिजिट ट्वान्टी–ट्वान्टी अभियान नै शुरु गरेको थियो।जसमा रोल्पाको जलजला पनि समावेश भएको थियो।अहिले राष्ट्रिय प्रकृति संरक्षण कोषले पदमार्गमा जाने पर्यटकहरुलाई सहज होस् भनेर ठाउँ–ठाउँमा बाटो देखाउने साइनबोर्ड समेत राखिएको छ।

    तल जमिन दलदल गर्ने कपासको भुवामा टेके जस्तो लाग्ने पानी नै पानीले भरिएको जस्तो महशुस गर्न सकिन्छ।अगाडि निलो आकाश मुनी हरिया साना थुम्का छन्।जलजलाको अर्को आकर्षणको रूपमा दुर्लभ सेतो गुराँस मान्नीने गर्दछ।जलजलामा घोरल,थार,मृग,बँदेल,भालु जस्ता जङ्गली जनावर समेत पाइने गर्दछ।साथै धुपी,बाँज,सेतो गुराँस,लाली गुराँस,भोजपत्र,लेकाली सल्ला लगायत वनस्पति तथा थुप्रै जडिबुटी समेत पाइन्छ।

    यस्तै डाँफे,मुनाल,कालिज,बाघ,भालु लगाएत पंक्षी तथा जनावर पनि यहाँ भेटिने गरेको पाइन्छ।युद्धकालदेखि नै जलजलामा वस्तुभाउ चरिचरनमा बन्देज लगाई संरक्षण गरिदै आएको छ।आफ्नो पहिचान,बिर्ता र ऐतिहासिकता बोकेको जलजलाको द्दश्य शब्द र तस्वीरले वर्णन गर्न सकिदैन।

    महिनैपिच्छे जलजलाको फरक फरक द्दश्यावलोकन गर्न सकिन्छ।फागुन,चैत,बैशाखमा लाली गुराँसले ढक्कमक्क देखिने जलजलालाई हिउँदमा सेतै हिउँले ढाकिएको हुन्छ।असार,साउन,भदौ र असोज महिनामा दुर्लभ रङ्गीबिरङ्गी फूलहरुले सिंगारिन्छ।

    जलजला सयौं बुकी फूलहरुले सजिएको छ।फूलमा रमाएका चराहरुको चिरबिर आवाजले कान नै गुञ्जायमान गराईदिन्छ।जलजलाको दलदल गर्ने घाँसे मैदानमा आन्नद लिएर बेग्लै अनुभव यहाँ गर्न सकिन्छ।

    जलजलाको ऐतिहासिक महत्त्वसँगै धार्मिक महत्त्व पनि उत्तिकै छ।

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend