Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मंसिर ८ गते बस्ने


२४, कात्तिक २०८२
  • 229
    SHARES
  • लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मंसिर ८ गते बस्ने

    बुटवल। लुम्बिनी प्रदेश सभाको हिउँदे (सातौँ) अधिवेशन मंसिर ८ गते सोमबारका लागि बोलाउने निर्णय भएको छ ।

    मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।

    प्रवक्ता पन्थीका अनुसार संवैधानिक व्यवस्थाअनुसार सरकारले प्रदेश प्रमुखलाई हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो। यसअघि गत भदौ ३१ गते वर्षे अधिवेशन अन्त्य भएको थियो ।

    आगामी हिउँदे अधिवेशनमा स्थानीय तहका कर्मचारीहरूको सेवा–सुविधा संशोधनसम्बन्धी विधेयक र लुम्बिनी अध्ययन, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विधेयक दर्ता भइसकेका छन् ।

    साथै, दलित अधिकार सम्बन्धी विधेयक र बडघरसम्बन्धी विधेयक पनि दर्ता गर्ने तयारी भइरहेको छ । त्यसैगरी विभिन्न समितिका प्रतिवेदन र महालेखा परीक्षकको प्रतिवेदन पनि यस अधिवेशनमा छलफलका लागि प्रस्तुत हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend