Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

लुम्बिनी विकास कोषः उपाध्यक्ष पदमा दौड


११, साउन २०८०
  • 217
    SHARES
  • लुम्बिनी विकास कोषः उपाध्यक्ष पदमा दौड

    लुम्विनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय)को कार्यकाल आगामी सोमबारदेखि सकिएसँगै सो पदका लागि आकांक्षीहरुको दौड बढ्न थालेको पाईएको छ । कोषको उपाध्यक्षमा त्रिपाठी २०७५ सालमा नियुक्त भएका थिए । उनको पाँच वर्षे कार्यकाल सकिएसँगै नयाँ उपाध्यक्षका लागि दौड शुरु भएको हो । उपाध्यक्ष बन्न स्थानीय भिक्षुदेखि पूर्व पदाधिकारीसम्मको नाम चर्चामा छ ।

    कोषको अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहने व्यवस्था छ । अहिले पूर्व सांसद ल्यारक्याल लामा, गायिका आनी छोइङ डोल्मा, निवर्तमान उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय), पूर्व उपाध्यक्ष सिद्धार्थ महर्जन (भिक्षु निग्रोध), पूर्व सदस्य भिक्षु कुन्डय र स्थानीय सुमार्ग भिक्षुको नाम उपाध्यक्षका लागि चर्चामा छ ।

    सोमबार कार्यकाल सकिएका उपाध्यक्ष त्रिपाठीलाई अझैसम्म औपचारिक कार्यक्रम गरेर बिदाइ गरिएको छैन् । कोषाध्यक्ष सिद्धिचरण भट्टराईले नयाँ नियुक्ति भएपछि मात्रै कार्यकाल सकिएकालाई बिदाइ गर्ने योजना बनाएको बताए । लुम्बिनी विकास कोषमा संघीय सरकारले प्रदान गर्ने बजेट घटे पनि विकास कोष आफैँले भने आन्तरिक बजेट वृद्धि गरेको छ ।

    संघीय सरकारले गत वर्ष १ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको थियो तर अहिले जम्मा ४५ करोडमात्रै छुट्याइएको छ । यसरी रकम घटाएपछि विकास कोषले आन्तरिक बजेट वृद्धि गर्न बनाएको एक अध्ययन समितिको आधारमा गत वर्ष भन्दा ५ करोड वृद्धि गरेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले जनाए ।

    लुम्बिनी विकास कोषले चालु आर्थिक वर्षका लागि ६७ करोड ३ लाखको बजेट सार्वजनिक गरेको छ । जस अनुसार लुम्बिनी गुरुयोजना कार्यान्वयनका लागि संघीय सरकारबाट प्राप्त अनुदान ४५ करोड रहेको छ । आन्तरिक तर्फ २३ करोड ३ लाख रुपैयाँ विनियोजन भएको हो । आर्थिक वर्ष २०७९÷८० मा आन्तरिक तर्फ १७ करोड ४० लाख विनियोजन भएको थियो ।

    कोषको अध्यक्ष समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीको अध्यक्षतामा बसेको लुम्बिनी विकास कोषको परिषद् बैठकले यस्तो निर्णय गरेको विकास कोषका प्रवक्ता डा. हरिध्वज राईले बताए ।  

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend