कोशी । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएका छन् ।
सर्वोच्च अदालतले थापाको नियुक्ति रद्द गरेको हो । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश गरेको हो ।
अदालतले दुई वा दुई भन्दा बढी दलको बहुमत प्राप्त गर्ने व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गर्न भने बाटो खोलिदिएको छ । तर सभामुख बाहेककै बहुमत देखाउन नसकेपछि धारा १६८ को ३ उपधारा बमोजिम सबैभन्दा ठूलो दलको नेताको हैसियतमा हिक्मत कार्कीलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुपर्नेछ । अब राप्रपाले साथ नदिएसम्म गठबन्धनको सरकार नबन्ने पक्का छ । कोशीमा अब एमाले सबैभन्दा ठूलो दल बनेको छ ।