Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कीर्तिपुर र चन्द्रागिरि क्षेत्रमा सात गाउँले जात्राको रौनक


१४, मंसिर २०८२
  • 117
    SHARES
  • कीर्तिपुर र चन्द्रागिरि क्षेत्रमा सात गाउँले जात्राको रौनक

    काठमाण्डौ – आज काठमाण्डौको कीर्तिपुर र चन्द्रागिरि आसपास क्षेत्रमा मनाइने सात गाउँले जात्राको मुख्य दिन विष्णुदेवी क्षेत्रमा धुमधामका साथ खटजात्रा गरी मनाइँदैछ । कीर्तिपुर क्षेत्रका नेवार समुदायमा मंसिर महिनाको थिंलाथ्व अष्टमी, नवमी र दशमी गरी तीन दिनसम्म जात्रा मनाउने चलन छ ।

    हिजो नवमीको दिनमा कीर्तिपुरको पाँगामा विष्णुदेवी रथ जात्रा मनाइएको थियो भने आज दशमीका दिन कीर्तिपुरमा इन्द्रायणी जात्रा गर्ने चलन छ । बोसीगाउँ, सतुंगल, पुरानो नैकाप, लोहँकोट, नयाँ नैकाप र तीनथानालगायतका बासिन्दाले तीनथानामा रहेको विष्णुदेवीलाई आज भात चढाउने चलन छ ।

    बिहानैदेखि नैकाप, सतुङ्गल र तीनथानाको सीमामा रहेको विष्णुदेवी पीठमा आज सातैगाउँको प्रतिकका रुपमा खट तथा घ्याम्पो प्रर्दशन गरी जात्रा मनाइने भएकाले भक्तजनको घुँइचो लाग्ने गर्छ ।

    आजै देव–देवीको पूजा गरेर सात गाउँबाट ल्याएको खटलाई मन्दिर परिसरमा घुमाई आ–आफ्नो टोलमा फर्काउने परम्परा छ । यो जात्राको विशेषता जाडो मौसममा जात्रा हुने भएकोले तःखाः अर्थात् (थलथले मासु) लगायतका परिकार राखेर भोज खुवाउने परम्परा छ ।  

  • भविष्य मालिका अनुसार कलियुगको अन्त्यतर्फ बढ्दै जाने आध्यात्मिक तथा खगोलीय परिवर्तनबारे चर्चा

    काठमाडौं । हिन्दू धार्मिक तथा आध्यात्मिक परम्परामा चर्चित भविष्य मालिकामा कलियुगको अन्त्यसँग सम्बन्धित विभिन्न खगोलीय,

  • तीजको रौनक सुरु, आज दर खाने दिन

    काठमाडौं । नेपाली महिलाको प्रमुख सांस्कृतिक पर्व हरितालिका (तीज) आजदेखि दर खाएसँगै औपचारिक रूपमा सुरु

  • प्राकृतिक विपत्तिमा ‘आत्मोद्धार’को संकल्प : देवीघाटमा लाखबत्ती प्रज्वलनसहित विशेष आध्यात्मिक अनुष्ठान

    त्रिशूली बाढीका दिवङ्गतप्रति श्रद्धाञ्जलि, पीडितको उद्धार र पुनःस्थापनाका लागि सरकार-समाजलाई सहकार्यको आह्वान काठमाडौं । त्रिशूली नदीमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend