Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेस बलियो भए प्रजातन्त्र बलियो बन्छ : सभापति देउवा


१२, साउन २०८०
  • 164
    SHARES
  • कांग्रेस बलियो भए प्रजातन्त्र बलियो बन्छ : सभापति देउवा

    काठमाडाै‌ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भए प्रजातन्त्र बलियो हुने बताउनुभएको छ । आज प्रजातान्त्रिक विचार समाजका नवनिर्वाचित पादधिकारीसँगको भेटमा सभापति देउवाले भन्नुभयो, "कांग्रेस बलियो भएमा मात्र देशमा प्रजातन्त्र बलियो हुन्छ, त्यसैले विभिन्न पेशा, व्यवसाय तथा सबै क्षेत्रमा लागेका प्रजातान्त्रिक विचार राख्नेहरुले कांग्रेस बलियो बनाउनतर्फ लाग्नुपर्छ ।"

    उहाँले कांग्रेस र प्रजातन्त्रलाई बलियो बनाउनका लागि समाजबाट आएका सुझाव ग्रहण गर्दै सबै सुझाव कार्यान्वयन गर्ने बताउनुभयो । प्रजातन्त्रलाई बलियो बनाउनेबारे समाजसँग बसेर पार्टीले विचार विमर्श गर्ने उहाँको भनाइ छ । सोही अवसरमा सभापति देउवाले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवम् सदस्यलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभयो ।

    भेटमा समाजले मुलुक विकासका लागि नेपाली कांग्रेस र प्रजातन्त्र बलियो बनाउन आवश्यक रहेको सुझाव दिएको थियो । समाजका नवनिर्वाचित अध्यक्ष कुलचन्द्र वाग्ले भन्नुभयो, “मुलुकको विकास र प्रजातन्त्रलाई बलियो बनाउनका लागि प्रजातान्त्रिक विचार समाजले दिएको सुझाव ग्रहण गरेर कांग्रेस अगाडि बढोस् भन्ने हाम्रो चाहना छ ।”अध्यक्ष वाग्लेले प्रजातन्त्रमाथि आजपनि विभिन्न क्षेत्रबाट प्रहार हुन खोजेको भन्दै त्यसलाई बलियो बनाउनका लागि समाजले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको समेत स्पष्ट पार्नुभयो ।

    भेटमा समाजका निवर्तमान अध्यक्ष डा केदारनरसिंह केसी, वरिष्ठ उपाध्यक्ष गोकर्ण अर्याल, महासचिव डा‍‍‍‍ वासुदेव भण्डारी, कोषाध्यक्ष पुष्पमान श्रेष्ठलगायत पदाधिकारी एवम् सदस्यको सहभागीता थियो ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend