देउखुरी । लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्वासे केसीले चेक जाँचको नाममा पर्यटकहरुलाई दुख दिन नहुने बताउनु भएको छ । लुम्बिनी प्रदेशसभाको शुक्रवार बसेको बैठकमा बोल्दै सांसद बेल्वासेले यस्तो बताउनु भएको हो ।
सांसद बेल्वासेले भारत लगायतका छिमेकी देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकहरुलाई बिभिन्न स्थानमा चेकजाँचको नाममा दुख दिने गरेको भन्दै यसले अन्तराष्ट्रियस्तरमा नेपालको गलत सन्देश जाने भन्दै तर्फ सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।
साथै उहाँले भारतिय पर्यटकहरु नेपाल भ्रमणमा आउदा उनिहरुले २५ हजार मात्र ल्याउन मिल्ने प्रावधान हटाउनु पर्ने बताउनु भयो । यस्तै रुपन्देही मालपोत कार्यालयमा कर्मचारी र भू–माफिया मिलेर जग्गा धनिको अनुपस्थितीमै अर्काको नाममा पास भएको घटनाको ध्यानाकर्षण गराउदै दोषीउपर कडा कारवाहीको माग गर्नुभयो ।