देउखुरी । लुम्बिनी प्रदेश सभा सदस्य रामजी घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालले कुर्ची बचाउनका लागी राष्ट्रियता बेचेको आरोप लगाउनुभएको छ । लुम्बिनी प्रदेशसभाको शुक्रवार बसेको बैठकमा बोल्दै सांसद घिमिरेले भारतको नक्सामा लुम्बिनीलाई समावेश गरेर विस्तारवादको छनक दिएको बताउनुभयो ।
भारत भ्रमणका बेलामा प्रधानमन्त्री प्रचण्डले भारतलाई खुसी पारेर कुर्ची जोगाउनका लागी भारतले सार्वजनिक गरेको नक्साबारे एक शब्द नबोलेको बताउनुभयो । उहाँले भारतको हेपाहा प्रवृत्तिको बिरुद्ध प्रदेशसभाको विशेष वैठक बसी खेद प्रस्ताव पारित गर्न माग गर्नुभयो ।
सांसद घिमिरेले विकासको नाममा पहाड र तराईका जिल्लाहरुलाई भेदभाव गर्न नहुने बताउनुभयो ।