Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कोशीको विषयमा कांग्रेसले सर्वोच्चको निर्णय मान्छ : नेता सिंह


१३, साउन २०८०
  • 109
    SHARES
  • कोशीको विषयमा कांग्रेसले सर्वोच्चको निर्णय मान्छ : नेता सिंह

    काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्च अदालतले कोशी प्रदेशको सरकारका विषयमा गरेको निर्णय कांग्रेसले मान्ने बताउनुभएको छ । चितवनमा आज सञ्चारकर्मीसित कुरा गर्दै उहाँले कांग्रेस कानुनी राज्यका पक्षमा रहेको उल्लेख गर्नुभयो । 
     
    “नेपाली कांग्रेस कानुन मान्ने पार्टी भएकाले त्यसलाई स्वीकार गर्छौं । आफूलाई पर्दा नमान्ने र अरुलाई पर्दा मान्ने भन्ने हुँदैन”, नेता सिंहले भन्नुभयो । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका विषयमा गरेको निर्णय सहर्ष स्वीकार गर्दै सरकार गठनका लागि दलहरुसँग छलफल भइरहेको उहाँको भनाइ थियो । 
     
    नेता सिंहले प्रदेश आफै स्वायत्त भएको उल्लेख गर्दै भन्नुभयो– “कोशी प्रदेशमा प्रदेश सरकार गठनका विषयमा त्यहीको संसदीय दलको नेताले निर्णय गर्नुहुनेछ ।” सरकार गठनका विषयमा प्रदेशको केन्द्रसँग समन्वय भइरहेको भए पनि हस्तक्षेप नहुने उहाँको भनाइ थियो । 

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend