Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भ्रष्टाचार लुकाउने काम भईरहेको छः ओली


१३, साउन २०८०
  • 122
    SHARES
  • भ्रष्टाचार लुकाउने काम  भईरहेको छः ओली

    नेपालगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा नैतिक जवाफदेहिता नरहेको बताएका छन् । नेकपा एमाले लुम्बिनी प्रदेश संगठन कमिटीको आयोजनामा आजदेखि नेपालगञ्जमा शुरु भएको लुम्बिनी प्रदेशका निर्वाचित जनप्रतिनिधिहरुको प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार आफैँले भ्रष्टाचार लुकाउने कोसिस गरिरहेको आरोप लगाउँदै सरकार केवल स्टन्टबाजीमा मात्र उत्रेको बताउनुभयो।

    एअरपोर्ट बाहिर साउन ३ गते बरामद गरिएको करिब सय किलो अवैध सुनप्रति लक्षित उनले सरकारको जानकारी बिना उक्त काम हुनै नसक्ने दाबी गर्दै अध्यक्ष ओलीले मिलिजुली खान गठबन्धन सरकार बनेको जिकिर गर्दै गठबन्धन नामको कुनै गन्तव्य नभएको बाँडीचुँडी खाने उद्देश्यले बनेको सरकारले मुलुकलाई केही दिन नसक्ने ठोकुवा गर्नुभएको हो । 

    अध्यक्ष ओलीले अगाडि भन्नुभयो, नेकपा एमाले बाहेक अब अर्को कुनै विकल्प छैन । एमालेलाई कसैले पनि पराजित गर्न नसक्ने बताउँदै उनले एमाले अब मिसन २०८४ मा केन्द्रित भएको बताउनुभयो । लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्र सम्पन्न भएको हो । कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव पद्मा अर्याल लगायतको उपस्थिती रहेको थियो । भेला तथा प्रशिक्षण भोलिसम्म चल्नेछ । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend