Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

भाषा संरक्षणमा सहयोग हुन्छ :  मुख्यमन्त्री पाण्डे


१४, साउन २०८०
  • 138
    SHARES
  • भाषा संरक्षणमा सहयोग हुन्छ :  मुख्यमन्त्री पाण्डे

    कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भाषा, संस्कृति, कला र सङ्गीतको संरक्षणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    गण्डकी प्रज्ञा प्रतिष्ठानद्वारा शनिबार पोखरामा आयोजित अन्तरक्रियामा उहाँले  गण्डकी प्रदेश सरकार आफ्नै आम्दानीको भरमा सरकार चलाउन सक्ने अवस्थामा नरहेको र सङ्घबाट आउने अनुदानसमेत घट्दा गण्डकी प्रज्ञा प्रतिष्ठानको बजेट घटाउनु परेको बताउनुभयो । उहाँले भन्नुभयो “बजेटकै कारण प्रतिष्ठानका कार्यक्रममा अवरोध आउँदैन । ” 

    नेपालका प्रज्ञा प्रतिष्ठानले कामको शैलीमा परिवर्तन गर्नुपर्ने जनाउँदै उहाँले मुलुकलाई सङ्घीयतामा लगे पनि केन्द्रीकृत मानसिकता अझै तोड्न नसकिएको बताउनुुभयो । “हामीले परिवर्तन त गर्यौ  तर केन्द्रीकृत मानसिकता अझै तोड्न सकेका छैनौँ, सोही कारण प्रज्ञा प्रतिष्ठानले कामको शैलीमा परिवर्तन गर्नुपर्छ”, उहाँले भन्नुुभयो । केन्द्र, प्रदेश र स्थानीय तहका प्रज्ञा प्रतिष्ठानले गर्ने कार्य दोहोरिन नहुनेमा उहाँको जोड थियो ।

    नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले गण्डकी प्रतिष्ठानको फोरमलाई उपयोग गरेर देशभर सन्देश छर्न पाएको बताउनुुभयो । नयाँ नेपालको मूल्य मान्यताअनुसार प्रज्ञा प्रतिष्ठानलाई अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ । केन्द्रका प्रज्ञा प्रतिष्ठानले नयाँ नीति निर्माणको काम गर्ने र  प्रदेश र स्थानीय तहका प्रतिष्ठानले सशक्तीकरणको काम गर्नुपर्नेमा उहाँले जोड दिनुुभयो ।

    नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले अवसरको सदुपयोग गर्दै चुनौतीको सामना गर्दै प्रज्ञा प्रतिष्ठानहरू अगाडि बढ्नुपर्ने बताउनुुभयो । नेपाल सङगीत  तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्त श्रेष्ठले पुराना कुरालाई बिर्सेर सबै प्रज्ञा प्रतिष्ठान मिलेर के गर्न सक्छौँ र के गर्नुपर्छ भन्ने कुराको चिन्तन प्राज्ञिक भेलाले गर्नुपर्ने बताउनुुभयो ।

    नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्ची, उपकुलपति गोरे गुरुङ, सदस्यसचिव मनकुमार श्रेष्ठलगायतले प्रज्ञा प्रतिष्ठानहरूबीच सहकार्य गर्दै अघि बढ्नुुपर्नेमा जोड दिनुुभयो ।

    नेपालका प्रज्ञा प्रतिष्ठानबीचको अन्तरक्रियामा गण्डकीसहित नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल प्रज्ञा प्रतिष्ठान, मधेस प्रज्ञा प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको सहभागिता छ । अन्तरक्रियाको निष्कर्षसहितको ‘प्रज्ञा पोखरा घोषणापत्र’ सार्वजनिक गरिने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले बताउनुुभयो ।

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend