Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मुहर्रमः हुसैनको त्याग र बलिदानको सम्झना


१४, साउन २०८०
  • 194
    SHARES
  • मुहर्रमः हुसैनको त्याग र बलिदानको सम्झना

    लुम्बिनी । इस्लामिक क्यालेन्डर अनुसार मुहर्रम इस्लाम धर्मको पहिलो महिना हो । यसलाई ‘हुरमतको महिना’, ‘गम र मातम’को महिना पनि भनिन्छ । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि यो महिना पैगम्बर मुहम्मदका नाति इमाम हुसेन ‘सहिद’को सम्झनामा धुमधामका साथ मनाइँदैछ ।

    मुहर्रम २० जुलाई साउन ४ गते देखि सुरू भई २९ जुलाई साउन १३ गते सम्म मुहर्रम मनाइएको थियो । इस्लाम धर्मका अनुसार यो महिनाले न्याय र अधिकारका लागि विशेष महत्व र इतिहास बोकेको छ । यही महिनामा हजरत इमाम हुसैनले कर्बलाको लडाइमा शहादत प्राप्त गर्नुभएको थियो ।

    मुहर्रम महिनाको पहिलो १० दिन इमाम हुसेनको शोकका रुपमा मनाउने गरिन्छ । यसलाई असुरा पनि भनिन्छ । हजरत इमाम हुसैन अफ्ना ७२ साथीसहित मोहर्रम महिनाको दशौँ दिन कर्बलाको मैदानमा सहिद हुनुभएको सम्झनामा उहाँको शहादत र बलिदानी स्मरण गर्दै यस दिनलाई विशेषरुपमा सम्झिने गरिएको छ ।

    “हजरत इमाम हुसैन न्याय, धर्म र अधिकारका लागि तत्कालीन इराकका बादशाह याजिदविरूद्धको लडाइँमा उहाँको सेनाबाट परिवारका सदस्य र अन्य साथीसहित कर्बलाको मैदानमा सहिद हुनुभएको थियो । उहाँ समानता, न्याय र दयाका लागि लड्ने गर्नुहुन्थ्यो”, अब्दुल्ला अलिगलले बताउनुभयो । 

    तत्कालीन सल्तनतमा त्यहाँका नागरिकले अत्यधिक अन्याय भोग्नुपरेको उहाँले सुनाउनुभयो । अलिगलका अनुसार विशेषगरी त्यस्तै परम्परागत अधिकारको तत्कालीन राजनीतिक तथा धार्मिक वातावरणले त्यहाँका नागरिकलाई भयमुक्त हुन र आत्मनिर्भरता प्रदान गर्न असमर्थ बनाएको थियो ।

    हजरत इमाम हुसैन पैगम्बर ए इस्लाम हजरत मुहम्मद साहबका नाति हुनुहुन्थ्यो । इमाम हुसैनका बालिद अर्थात् पिताको नाम हजरत ‘शेरेखुदा’ अली थियो । उहाँ पैगम्बरका ज्वाइँ हुनुहुन्थ्यो । इमाम हुसैनको आमाको नाम बिबी फातिमा थियो । 

    हजरत अली धार्मिक तथा सामाजिक मुखिया हुनुहुन्थ्यो । उहाँलाई चौथो खलिफा बनाइएको थियो । हजरत अलीको शहादतपछि मानिसहरू इमाम हसन हुसैनका दाजुलाई खलिफा बनाउने पक्षमा हुनुहुन्थ्यो तर विद्रोह गरेर हजरत अमीर मुआविया खलिफा हुनुभयो ।

    “सन् ६० हिजरीमा तत्कालीन शासक याजिद इस्लाम धर्मको सम्राट बन्न चाहनुभयो । उहाँ सम्पूर्ण अरब आफ्नो नियन्त्रणमा लिन चाहनुहुन्थ्यो । इंसानियत बचाउन याजिदको विरोधका इमाम हुसैनले कर्बलाको लडाइमा सहिद हुनुभयो”, मदरसा व्यवस्थापन समिति लुम्बिनी प्रदेश उपाध्यक्ष मौलाना मसुद नेपालीले बताउनुभयो ।  

    मुहर्रमको दशौँ दिन अर्थात् आसुराका दिन ताजियादारी गरिन्छ । इमाम हुसैनको इराकमा दरगाह छ । यसको हुबहु नक्कल गरी ताजिया बनाइन्छ । शिया उलेमाका अनुसार, मोहर्रमको चाँद निस्किने पहिलो तारिखमा ताजिया राखिन्छ । यो दिन इमाम हुसैनको शहादतको सम्झनामा ताजियासहित जुलुस निकालिन्छ । ताजिया निकाल्ने परम्परा मात्र शिया समुदायमा छ, उत्तरी भारत र नेपालको अधिकांश ठाउँमा हिन्दूहरूले पनि ताजियासहित जुलुस निकाल्ने गरेका छन् ।

    यो वर्ष देशअनुसार फरकफरक मितिमा मनाउने गरेको पाइन्छ । नेपालमा जस्तै भारत, पाकिस्तान र बङ्गलादेशमा पनि मुहर्रमको सुरुआत २० जुलाईदेखि भएको थियो । साउदी अरब, ओमान, कतर, इराक, बहराइन, संयुक्त अरब इमिरेट्सलगायतका अरब देशहरुमा मुहर्रम यो पर्व १९ जुलाईदेखि प्रारम्भ भई २८ जुलाइमा सकिएको थियो । 

    यस शोकपूर्ण अध्यायमा हजरत इमाम हुसैनलाई एक दृढ व्यक्तिगतता र न्यायमयी स्वभावका कारणले एक धार्मिक नायक र मानवीय समर्थकको रूपमा चिनिएको छ । मदरसा व्यवस्थापन समिति लुम्बिनी प्रदेशका उपाध्यक्ष नेपालीले भन्नुभयो, “हुसैनको त्याग र बलिदानले अन्तर्राष्ट्रियस्तरमा पनि विश्वसनीयता प्राप्त गरेको छ । यसले अधिकारको मुद्दालाई समाजवादी परिवर्तनमा सहायक बन्ने प्रेरणा पनि प्रदान गरेको छ ।” 

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend