Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

प्रत्यक्षमा १२० सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि झन्डै आधा मत


२४, फागुन २०८२
  • 85
    SHARES
  • प्रत्यक्षमा १२० सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि झन्डै आधा मत

    काठमाण्डाै – गएको बिहीवार सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।

    १६५ निर्वाचन क्षेत्रमध्ये १५६ वटाको अन्तिम नतिजा सार्वजनिक भएको छ । ८ वटामा गणना चलिरहेको छ भने धनुषा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवारी खारेज गरिएकाले त्यहाँको मतपरिणामलाई आयोगले औपचारिक विवरणमा समाविष्ट गरेको छैन ।

    अन्तिम परिणाम घोषणा भएका १५६ निर्वाचन क्षेत्रमध्ये रास्वपाले १२० सिट जितेको छ । अहिले गणना भइरहेका क्षेत्रमध्ये रास्वपा ५ सिटमा अघि छ ।

    अघिल्लो चुनावमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसले यस पटक प्रत्यक्षतर्फ १७ सिट मात्रै जितेको छ । गणना भइरहेकामा कांग्रेसकाे कतै पनि अग्रता छैन ।

    यस्तै यसअघिको दोस्रो ठूलो दल नेकपा (एमाले) ले यस पटक प्रत्यक्षतर्फ ७ सिट जितेको छ । गणना भइरहेकामा एमाले ३ सिटमा अघि छ ।

    यसअघिको तेस्रो दल नेकपा (माओवादी केन्द्र) सहित नेकपा (एकीकृत समाजवादी) लगायत थुप्रै दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले यस पटक प्रत्यक्षमा ७ सिट जितेको छ । गणना भइरहेकामा नेकपाकाे कतै पनि अग्रता छैन ।

    यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यस पटक जुम्लामा मात्रै जितेको छ । गणना भइरहेकामा राप्रपाकाे कतै पनि अग्रता छैन ।

    ४ महिनाअघि खुलेको श्रम संस्कृति पार्टीले यस पटक ३ सिट जितेको छ । गणना भइरहेकामा श्रम संस्कृतिकाे कतै पनि अग्रता छैन ।

    यस्तै म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले जित्नुभएको छ ।

    यसैबीच समानुपातिकतर्फको मतगणना पनि चलिरहेको छ । निर्वाचन आयोगले अहिलेसम्म ४७ लाख ८९ हजारभन्दा धेरै समानुपातिक मतगणना भएको जनाएको छ ।

    अहिलेसम्म रास्वपाले झन्डै आधा मत प्राप्त गरेको देखिएको छ । अहिलेसम्म गनिएका मतमध्ये रास्वपाले २३ लाख ६७ हजार, कांग्रेसले ७ लाख ९९ हजार, एमालेले ६ लाख ८२ हजार, राप्रपाले १ लाख ७४ हजार मत ल्याएका छन् ।

    समानुपातिक प्रणालीतर्फ पार्टीहरूले प्राप्त गर्ने सिट गणना गर्न एउटा विशेष गणितीय सूत्र प्रयोग हुन्छ । प्रत्यक्ष मतदानमा कम्तीमा १ सीट जित्ने दलले समानुपातिकतर्फ कुल सदर मतको कम्तीमा ३ प्रतिशत मत ल्याएमा मात्र यो प्रणालीतर्फ सिट पाउँछ । सिट सङ्ख्याको अन्तिम निर्णय निर्वाचन आयोगले गर्छ । ३ सिट जितेको श्रम संस्कृति पार्टीको अहिलेसम्म गनिएको मतमा ३ प्रतिशत पुगेको देखिएको छैन ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend