Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

चुनावी नतिजा अनुकूल नआएपछि राजीनामा दिने कांग्रेस सभापति थापाको मनस्थिति


२६, फागुन २०८२
  • 104
    SHARES
  • चुनावी नतिजा अनुकूल नआएपछि राजीनामा दिने कांग्रेस सभापति थापाको मनस्थिति

    काठमाण्डाै – प्रतिनिधिसभा सदस्य चुनावमा अपेक्षित नतिजा ल्याउन नसकेपछि नेपाली कांग्रेसभित्र नेतृत्व र अबको रणनीतिबारे बहस शुरू भएको छ ।

    चुनावी नतिजाको समीक्षा, पार्टीले थोरै क्षेत्र मात्र जित्नु र समग्र हारको नैतिक जिम्मेवारी लिँदै सभापति गगन थापाले पदबाट राजीनामा दिने मनस्थिति बनाउनुभएको छ ।

    हिजो बेलुका सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माबीच नयाँ बानेश्वरमा भएको छलफलमा थापाले पार्टीको पराजयको जिम्मेवारी आफूले लिनुपर्ने धारणा व्यक्त गर्दै पद छोड्ने तयारीबारे जानकारी गराउनुभएको थियो । तर उपसभापति शर्माले तत्काल राजीनामा दिनु समस्याको समाधान नहुने भन्दै थापालाई नेतृत्वमै रहेर पार्टीलाई पुनर्गठनतर्फ अघि बढाउन सुझाव दिनुभएको छ ।

    शर्माका अनुसार चुनावी मतपरिणामलाई केवल एक व्यक्तिको कमजोरीका रूपमा लिनु उपयुक्त नहुने र समग्र राजनीतिक परिस्थिति तथा संगठनात्मक अवस्थाको समीक्षा आवश्यक छ ।

    गएको पुस २७ देखि ३० गतेसम्म काठमाण्डौमा भएको विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएको थियो । तर चुनावमा कांग्रेसले अपेक्षित सफलता हासिल गर्न सकेन ।

    प्रत्यक्षतर्फ पार्टीले जम्मा १८ सिट जितेको छ भने समानुपातिकतर्फ पनि झन्डै १६/१७ प्रतिशत मत मात्रै प्राप्त हुने प्रारम्भिक आँकलन छ । यसले पार्टीभित्र असन्तुष्टि बढाएको छ ।

    सभापति थापा स्वयम् पनि सर्लाही–४ बाट पराजित हुनुभयो । सभापति भएलगत्तै थापाको हारले उहाँको झन्डै १८ वर्ष लामो संसदीय यात्रामा विराम लागेको छ । साथै पार्टीका महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेलसहित अन्य केही शीर्ष नेताहरू पनि चुनावमा पराजित हुनुभएको छ ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend