Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

समानुपातिक उम्मेदवार चयन र विधान संशोधनको लागि रास्वपा सचिवालय बैठक बस्दै


३०, फागुन २०८२
  • 66
    SHARES
  • समानुपातिक उम्मेदवार चयन र विधान संशोधनको लागि रास्वपा सचिवालय बैठक बस्दै

    काठमाण्डौ — चुनावबाट झण्डै दुई तिहाई बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो बस्ने बैठकले समानुपातिक सांसद चयन र विधान संशोधन गर्ने रास्वपाको तयारी छ ।

    निर्वाचन आयोगले समानुपातिकतर्फ सिट पाएका दलहरूलाई भोलिसम्म उम्मेदवार छनोट गरी पेस गर्न अस्ति बिहीबार पत्राचार गरेको थियो । प्रत्यक्षतर्फ १ सय २५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ ५७ सिट पाएको छ ।

    आजको सचिवालय बैठकले समानुपातिक सांसद टुंगो लगाउने र विधान संशोधनको लागि सिफारिस गर्ने रास्वपाको तयारी छ । त्यसलाई केन्द्रीय समितिले अनुमोदन गरेपछि संसदीय दलको नेता छानेर प्रधानमन्त्री नियुक्ति प्रक्रिया अघि बढ्नेछ ।

    रास्वपाको अहिलेको विधानमा पार्टीका सम्पूर्ण सदस्यले मतदानमार्फत संसदीय दलको नेता चयन गर्ने व्यवस्था रहेको छ । चुनावअघि पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गरिएको थियो ।

    शाहलाई संसदीय दलको नेता चयन गरी प्रधानमन्त्री चयन गर्ने प्रव्रिmयालाई समय सान्दर्भिक बनाउन रास्वपाले विद्यमान विधान परिवर्तन गर्न लागेको हो ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend