Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

सन्धिखर्क-७ को वडा कार्यालय भवन उद्घाटन, सेवाप्रवाह थप प्रभावकारी हुने विश्वास


३०, फागुन २०८२
  • 244
    SHARES
  • सन्धिखर्क-७ को वडा कार्यालय भवन उद्घाटन, सेवाप्रवाह थप प्रभावकारी हुने विश्वास

    अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नम्बर ७ फज्याङखोलामा निर्माण सम्पन्न भएको नयाँ वडा कार्यालय भवनको उद्घाटन गरिएको छ ।

    भवनको उद्घाटन सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले वडा कार्यालयलाई पूर्वाधार र प्रविधिमैत्री बनाउने उद्देश्यले नगरपालिकाले निरन्तर प्रयास गरिरहेको बताए ।

    उनले अब आफ्नै भवनबाट सेवा सञ्चालन भएपछि वडा नम्बर ७ का बासिन्दाले अझ प्रभावकारी र सहज सेवा पाउने विश्वास व्यक्त गरे । साथै नगरपालिकाले शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्र तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि उनले बताए ।

    कार्यक्रममा नगर उपप्रमुख मिश्रा आचार्य, प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाल तथा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनालले मन्तव्य राख्दै स्थानीय सरकार जनताको सरकार भएकाले सेवा प्रवाहलाई सुशासनमैत्री र प्रशासनमैत्री बनाउनु आवश्यक रहेको बताएका थिए ।

    उक्त कार्यक्रममा वडा कार्यालय भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने सीता केसी, वसन्त मल्ल र धनबहादुर केसीलाई सम्मान गरिएको थियो । साथै निर्धारित समयभन्दा अगावै निर्माण कार्य सम्पन्न गर्ने निर्माण व्यवसायी नारायण आचार्य र अर्जुन खनाललाई पनि सम्मान गरिएको थियो ।

    सन्धिखर्क नगरपालिका वडा नम्बर ५, ६, ७, ८ र १२ का वडा कार्यालय भवन निर्माणको जिम्मा नयाँ नेपाल निर्माण कम्पनीले करिब ७ करोड ४५ लाख रुपैयाँमा लिएको थियो । कार्यक्रममा वडामा क्रियाशील विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, शिक्षाप्रेमी तथा सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो ।

    वडा नम्बर ७ का अध्यक्ष चुरा बहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वडा सचिव सीता बिसी पराजुलीले गरेकी थिइन् भने स्वागत मन्तव्य वडा सदस्य मीना ज्ञवालीले व्यक्त गरेकी थिइन् ।

    कार्यक्रममा योजना शाखा प्रमुख दिल बहादुर केसी, सब–इन्जिनियर नारायण पोखरेललगायतको पनि सहभागिता रहेको थियो ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend