Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेसको समानुपातिक सूची टुंगियो: २० मध्ये १५ महिला, समावेशी प्रतिनिधित्वमा जोड

खसआर्य र आदिवासी जनजातिबाट ६–६ जना, मधेसी, दलित, थारू र मुस्लिम समुदायबाट पनि प्रतिनिधित्व


१, चैत २०८२
  • 128
    SHARES
  • कांग्रेसको समानुपातिक सूची टुंगियो: २० मध्ये १५ महिला, समावेशी प्रतिनिधित्वमा जोड

    काठमाडौं । संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको समानुपातिकतर्फका २० सांसदको सूची टुंगो लगाएको छ।

    आइतबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १५ महिला र ५ पुरुषसहित २० जनाको नाम अन्तिम रूपमा तय गरेको हो। पार्टी प्रवक्ता तथा केन्द्रीय समिति सदस्य देवराज चालिसेले कांग्रेसले प्राप्त गरेको २० सिटका आधारमा समानुपातिक बन्दसूचीबाट प्रतिनिधि सभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने निर्णय गरिएको जानकारी दिए।

    उनका अनुसार संवैधानिक व्यवस्था अनुसार कम्तीमा १५ महिला हुनुपर्ने भएकाले सोही आधारमा सूची तयार गरिएको हो। निर्वाचन आयोगले क्लस्टरअनुसार रूजु गरेपछि आवश्यक परे सामान्य फेरबदल हुन सक्ने भए पनि हालका लागि २० जनाको सूची टुंगो लगाइएको कांग्रेसले जनाएको छ।

    यससँगै प्रतिनिधिसभा र राष्ट्रियसभा गरी कांग्रेसका कुल सांसद संख्या ६२ पुग्ने भएको छ। समानुपातिक सूचीमा विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

    खसआर्य र आदिवासी जनजाति समूहबाट ६–६ जना, मधेसी र दलित समुदायबाट ३–३ जना तथा थारू र मुस्लिम समुदायबाट १–१ जनालाई समेटिएको छ।

    कांग्रेसका २० समानुपातिक सांसद (प्रस्तावित सूची) खसआर्य कोटाबाट:

    १. सुशीला ढकाल २. रुक्मिणीदेवी कोइराला ३. रीना उप्रेती ४. सीता थपलिया ५. गंगा शाही ६. अर्जुननरसिंह केसी

    आदिवासी जनजाति कोटाबाट:

    ७. गीताकुमारी सेन्दाङ ८. गंगालक्ष्मी अवाल ९. गीता गुरुङ १०. रेनुका काउचा ११. सुनिताकुमारी सुवेदी १२. भीष्मराज आङ्देम्बे

    मधेसी कोटाबाट: १३. निनुकुमारी कर्ण १४. रेखाकुमारी यादव १५. चन्द्रमोहन यादव

    दलित कोटाबाट: १६. हरिनादेवी कामी १७. पवित्रा विक १८. मानबहादुर नेपाली

    थारू कोटाबाट: १९. प्रमिलाकुमारी गच्छदार

    मुस्लिम कोटाबाट: २०. शाहजान खातुन

    राजनीतिक विश्लेषकहरूका अनुसार कांग्रेसले समानुपातिक सूचीमार्फत महिला प्रतिनिधित्व, क्षेत्रीय सन्तुलन र विभिन्न समुदायको समावेशी सहभागिता कायम गर्ने प्रयास गरेको देखिन्छ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend