Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आज घोडेजात्रा पर्व : काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा


४, चैत २०८२
  • 103
    SHARES
  • आज घोडेजात्रा पर्व : काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा

    काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ ।

    चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेको जनविश्वास गरिन्छ ।

    यही विश्वासमा हरेक वर्ष चैत कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिन्छ । आजराति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिने चलन छ ।

    यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट कुनै पनि जोखिम नहुने परम्परागत मान्यता छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिन्छ ।

    घोडेजात्राको अवसरमा सरकारले आज काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । यस्तै आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।

    बालकुमारी ज्यापुटोलको भीमसेन गुठीले सञ्चालन गर्दै आएको पाटनको एकल घोडेजात्राका क्रममा एक जना गुठियार घोडामा चढेर बल्खु चिवहाः, गणेश मन्दिर हुँदै बालकुमारी मन्दिरको परिक्रमा गर्छन् ।

    गणेश र बालकुमारी मन्दिरको तीन फन्का परिक्रमा गरेपछि पाटनको घोडेजात्रा सकिन्छ । स्थानीयबासिन्दाले सिमसिम राजा भनेर चिन्ने मल्लकालीन राजा शिवसिंह मल्लले नै पाटनको घोडेजात्रा शुरूआत गरेको मानिन्छ । 

    यसैबीच काठमाण्डौको तारकेश्वर नगरपालिकामा पहिलोपटक ऐतिहासिक घोडेजात्रा महोत्सव गरिँदैछ । नगरपालिकाको आयोजनामा आज तारकेश्वर नगरपालिका–८ पिपलडाँडा टुसालचौरमा पहिलोपटक घोडेजात्रा महोत्सव गर्न लागिएको हो ।

    नगरपालिकाका मेयर कृष्णहरि महर्जनका अनुसार धर्म, संस्कृति, परम्परा र स्थानीय इतिहासको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ घोडेजात्रा महोत्सव आयोजना गरिएको हो । आज टुँडिखेलमा हुने घोडेजात्रा पर्व हेर्न जान नसक्नेहरूका लागि तारकेश्वरको महोत्सव फलदायी हुने उहाँको विश्वास छ ।   

  • भविष्य मालिका अनुसार कलियुगको अन्त्यतर्फ बढ्दै जाने आध्यात्मिक तथा खगोलीय परिवर्तनबारे चर्चा

    काठमाडौं । हिन्दू धार्मिक तथा आध्यात्मिक परम्परामा चर्चित भविष्य मालिकामा कलियुगको अन्त्यसँग सम्बन्धित विभिन्न खगोलीय,

  • तीजको रौनक सुरु, आज दर खाने दिन

    काठमाडौं । नेपाली महिलाको प्रमुख सांस्कृतिक पर्व हरितालिका (तीज) आजदेखि दर खाएसँगै औपचारिक रूपमा सुरु

  • प्राकृतिक विपत्तिमा ‘आत्मोद्धार’को संकल्प : देवीघाटमा लाखबत्ती प्रज्वलनसहित विशेष आध्यात्मिक अनुष्ठान

    त्रिशूली बाढीका दिवङ्गतप्रति श्रद्धाञ्जलि, पीडितको उद्धार र पुनःस्थापनाका लागि सरकार-समाजलाई सहकार्यको आह्वान काठमाडौं । त्रिशूली नदीमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend