Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक चैत्र ६ मा बस्ने,अनिवार्य उपस्थितिका लागि निर्देशन


४, चैत २०८२
  • 147
    SHARES
  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक चैत्र ६ मा बस्ने,अनिवार्य उपस्थितिका लागि निर्देशन

    ललितपुर l नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी चैत्र ६ गते शुक्रबार बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगर ललितपुरमा दिउँसो १:०० बजे बैठक आह्वान गरिएको हो ।

    केन्द्रीय कार्यालयद्वारा जारी सूचनाअनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा प्रदेश सभापतिहरूलाई अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरिएको छ ।

    कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनामा पार्टीका महत्वपूर्ण समसामयिक विषयहरूमा छलफल हुने अपेक्षा गरिएको जनाइएको छ ।

    बैठकले संगठन सुदृढीकरण, समसामयिक राजनीतिक अवस्था र आगामी रणनीतिका विषयमा निर्णय लिन सक्ने बताइएको छ । पार्टीभित्र आन्तरिक छलफल र नीतिगत स्पष्टताको आवश्यकता बढिरहेका बेला बोलाइएको यो बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend