Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा


७, चैत २०८२
  • 89
    SHARES
  • दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

    रूपन्देही । कपिलवस्तुको महाराजगंजमा हिन्दु र मुस्लिम समुदायबीचको विवाद चर्किन नदिन निषेधाज्ञा जारी गरिएको छ।

    जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले दिउँसो २ बजेदेखि महाराजगन्जको पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगन्ज चोक, उत्तरमा महाराजगन्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रमा कुनै पनि किसिमको भेला गर्न, सभा, जुलुश तथा प्रदर्शन गर्न निषेधाज्ञा जारी गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेद्वारा जारी सूचनामा जनाइएको छ ।

    महाराजगन्जको वडा नं. २ र ३ को सीमा क्षेत्रमा मुस्लिमको ईद र हिन्दुहरुको नवरात्र मनाउने क्रममा उत्पन्न विवाद बढ्दै गएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार मुस्लिम समुदायले नवाज पढिरहेका बेला हिन्दुहरूले दुर्गा माताको पूजा गर्दै भजनको आवाज चर्को बनाएपछि विवाद बढेको थियो।

    केही मुस्लिम पक्षका मानिसले भजनको आवाज घटाएपछि दुई पक्षबीच झडप भएको थियो। झडपमा प्रहरी, हिन्दु र मुस्लिम समुदायका तर्फबाट एक बालकसहित कुल ६ जना घाइते भएका छन्। प्रहरी उपरीक्षक सन्तोष आचार्यका अनुसार घटना नियन्त्रणमा लिन ७ राउन्ड अश्रु ग्यास प्रहार गरिएको थियो।

    प्रहरीले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। विवाद साम्य पार्न व्यापक प्रहरी परिचालन गरिएको छ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend