Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँ : सभापति थापा


१०, चैत २०८२
  • 81
    SHARES
  • हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँ : सभापति थापा

    काठमाण्डाै – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूले हतार र हतास मनस्थितिमा आएर राजीनामा नदिएको बताउनुभएको छ ।

    पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा चलिरहेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले विशेष महाधिवेशनपछि पार्टी आफ्नो नेतृत्वमा चुनावमा गएको उल्लेख गर्दै त्यसको परिणामलाई लिएर भइरहेका टिप्पणीहरू आफ्नो सरोकारको विषय नभएको पनि बताउनुभयो ।

    सभापति थापाले आफूले कुनै पनि दबावमा आएर नभई जिम्मेवारी र जवाफदेहिताका आधारमा राजीनामा दिएको उल्लेख गर्नुभयो । उहाँले अबको पाँच वर्ष प्रतिपक्षको तर्फबाट कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘मैले हतारोमा र हतास भएर राजीनामा दिएको होइन । हामीले विशेष महाधिवेशनमार्फत नेतृत्व लिएर चुनावमा जाँदा हाम्रो पक्षमा मत माग्न नजाने र मत नहाल्नेहरूले गरेको टिप्पणी हाम्रो सरोकारको विषय होइन । म तत्कालै राजीनामा दिन चाहन्थेँ । चुनावका सबै प्रक्रिया पूरा गर्नुपर्ने हुँदा लम्बियो । मैले दबावमा आएर राजीनामा दिएको थिइनँ । यो जवाफदेहिताको विषय हो । मेरो नेतृत्वमा हामी चुनावमा गयौँ । त्यसको परिणामको जिम्मेवारी मैले लिनुपर्छ भनेर राजीनामा बुझाएको हुँ ।’

    यस्तै सभापति थापाले देशमा सुशासन कायम गर्न तथा शासकीय सुधारका सन्दर्भमा अब बन्ने सरकारसँग सहकार्य गर्न पार्टी तयार रहेको उल्लेख गर्नुभयो । २०४५ सालयता सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्नुपर्ने आफूहरूको मुख्य माग रहने पनि उहाँले बताउनुभयो ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend