Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेसमा ‘ग्रान्ड रिफर्म’ को बिगुल: सभापति गगन थापाद्वारा शुद्धीकरण, डिजिटल रूपान्तरण र महाधिवेशन रोडम्याप सार्वजनिक


१०, चैत २०८२
  • 141
    SHARES
  • कांग्रेसमा ‘ग्रान्ड रिफर्म’ को बिगुल: सभापति गगन थापाद्वारा शुद्धीकरण, डिजिटल रूपान्तरण र महाधिवेशन रोडम्याप सार्वजनिक

    काठमाडौं - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र व्यापक शुद्धीकरण, संरचनात्मक परिवर्तन र पुनर्जागरणका लागि ‘ग्रान्ड रिफर्म’ (वृहत सुधार) योजना अघि सारेका छन् ।

    प्रतिनिधि सभा निर्वाचन परिणामको नैतिक जिम्मेवारी लिँदै दिएको राजीनामा केन्द्रीय समितिले अस्वीकृत गरेपछि उनले मंगलबार पहिलोपटक केन्द्रीय कार्यसमिति बैठकमा विशेष सम्बोधन गर्दै अब पार्टीलाई नयाँ दिशातर्फ लैजाने स्पष्ट संकेत दिएका हुन् ।

    ‘सानो सुधार होइन, ग्रान्ड रिफर्म’ थापाले कांग्रेस अब सामान्य सुधारले नचल्ने भन्दै “ग्रान्ड रिफर्म” अपरिहार्य भएको बताए। सत्ता केन्द्रित, सिद्धान्तहीन सम्झौता र राज्यशक्तिको दुरुपयोग जस्ता प्रवृत्तिलाई ‘मैला पात’को संज्ञा दिँदै त्यस्ता अभ्यास हटाउनुपर्ने उनले जोड दिए ।

    उनले पार्टीलाई केवल चुनावी मेसिन नभई जीवन्त सामाजिक आन्दोलनको रूपमा पुनर्जीवित गर्ने लक्ष्य राखेको स्पष्ट पारे । हारको जिम्मेवारी स्वीकार, नयाँ अध्याय सुरु निर्वाचनमा पराजयपछि दिएको राजीनामा ‘हतासा होइन, जवाफदेहिता’ भएको बताउँदै थापाले आफू ‘टिमको क्याप्टेन’ भएकाले जिम्मेवारी लिन खोजेको बताए ।

    तर केन्द्रीय समितिले राजीनामा अस्वीकृत गरेपछि उनले अब त्यस अध्याय समाप्त भएको र १५औँ महाधिवेशनसम्म पार्टीलाई नेतृत्व गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको घोषणा गरे । भ्रष्टाचारविरुद्ध कडा एजेन्डा थापाले २०४६ सालपछि सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग गरे । गिरीबन्धु, ललिता निवास, वाइडबडी जस्ता चर्चित प्रकरणमा निष्पक्ष अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्नेमा उनले जोड दिए ।

    “गलत तरिकाले आर्जन गरिएको सम्पत्ति जफत हुनुपर्छ,” उनले स्पष्ट पारे । संविधान संशोधनमार्फत सुधार संविधानका आधारभूत संरचना नछुने तर सुशासन र प्रभावकारिता बढाउन आवश्यक संशोधन गर्ने प्रस्ताव पनि उनले अघि सारे । यसका लागि विज्ञसहितको समिति गठन गरी पार्टीभित्र र बाहिर व्यापक सहमति जुटाउने रणनीति उनले प्रस्तुत गरे ।

    डिजिटल सदस्यता र ‘ल्याटरल इन्ट्री’ थापाले वैशाख १ गतेदेखि सदस्यता प्रणाली पूर्ण रूपमा डिजिटल बनाउने घोषणा गरे । प्रत्येक सदस्यलाई ‘कांग्रेस आईडी’ दिइनेछ । साथै, विभिन्न क्षेत्रका विज्ञहरूलाई पार्टी नेतृत्वमा ल्याउन ‘ल्याटरल इन्ट्री’ को व्यवस्था गरिनेछ, जसले नीति निर्माणमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।

    ‘कांग्रेस लिडरसिप एकेडेमी’ अनिवार्य

    अब सार्वजनिक पदमा उम्मेदवार बन्न चाहनेले अनिवार्य रूपमा ‘कांग्रेस लिडरसिप एकेडेमी’ बाट प्रशिक्षण लिनुपर्ने व्यवस्था गरिनेछ । पब्लिक पोलिसी, अर्थतन्त्र र सुशासनसम्बन्धी ज्ञानलाई अनिवार्य बनाउँदै सक्षम नेतृत्व उत्पादन गर्ने लक्ष्य उनले राखेका छन् ।

    १५औँ महाधिवेशनको विस्तृत तालिका थापाले २०८३ भदौमा १५औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरे । वडा तहदेखि केन्द्रसम्म क्रमिक अधिवेशन गर्दै भदौ २४-२६ गते केन्द्रीय महाधिवेशन गर्ने योजना प्रस्तुत गरिएको छ ।

    अनुशासनमा कडाइ, एकताको आह्वान

    पार्टीभित्र अनुशासनहीन गतिविधि सह्य नहुने चेतावनी दिँदै उनले आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने प्रवृत्तिमाथि कडा निगरानी रहने बताए ।

    “पार्टीको सदस्य भएपछि उम्मेदवारलाई जिताउनु कर्तव्य हो,” उनले स्पष्ट पारे ।

    रचनात्मक प्रतिपक्षको प्रतिबद्धता

    थापाले नयाँ सरकार गठनको म्यान्डेट पाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई दिँदै कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने बताए ।

    लोकतन्त्र, प्रेस स्वतन्त्रता र न्यायपालिकाको स्वायत्ततामा कुनै सम्झौता नहुने उल्लेख गर्दै उनले कांग्रेस ‘सतर्क पहरेदार’का रूपमा रहने प्रतिवद्धता जनाए । समग्रमा, थापाको ‘ग्रान्ड रिफर्म’ योजना कांग्रेसभित्र व्यापक परिवर्तनको संकेतका रूपमा हेरिएको छ, जसले पार्टीलाई नयाँ ऊर्जा र दिशा दिने अपेक्षा गरिएको छ ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend