Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

१५औं महाधिवेशनको तयारीमा कांग्रेस, संविधान संशोधनसम्मका योजना सार्वजनिक


१०, चैत २०८२
  • 131
    SHARES
  • १५औं महाधिवेशनको तयारीमा कांग्रेस, संविधान संशोधनसम्मका योजना सार्वजनिक

     काठमाडौं l नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति गगनकुमार थापाको सभापतित्वमा आज ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा सम्पन्न भएको छ।

    बैठकको प्रारम्भ सभापति थापाको मन्तव्यबाट भएको थियो भने महामन्त्री प्रदीप पौडेलले विभिन्न समसामयिक र संगठनात्मक प्रस्तावहरू प्रस्तुत गरेका थिए। बैठकमा सुशासन स्थापना, संविधान संशोधनका लागि विज्ञसहितको अध्ययन समिति गठन, तथा पार्टीको १५औं महाधिवेशनको कार्यतालिकाबारे महत्वपूर्ण छलफल अघि बढाइएको छ।

    साथै केन्द्रीय निर्वाचन समिति गठन, प्रतिनिधि सभा सदस्यहरूको अभिमुखीकरण, र क्रियाशील सदस्यता वितरण तथा अद्यावधिक अभियानलाई पनि प्राथमिकतामा राखिएको छ।

    त्यसैगरी प्रदेश तथा स्थानीय सरकारको कार्यसम्पादनको समीक्षा, भ्रातृ संस्था तथा शुभेच्छुक संगठनहरूको व्यवस्थापन, र केन्द्रीय लेखा समिति गठनसम्बन्धी विषयहरू पनि एजेन्डामा समावेश गरिएको छ।

    आजको बैठकमा २८ जना केन्द्रीय सदस्यहरूले आ-आफ्ना धारणा राखेका छन्। धारणा राख्ने क्रम जारी रहेकाले बैठक चैत ११ गते बिहान ११ बजे पुनः बस्ने नेपाली कांग्रेसका का.बा.मुख्यसचिव कृष्ण प्रसाद दुलालद्वारा जारी जनाइएको छ ।

    बैठकमा डा. गोपाल दहित, तारामान गुरुङ, मैकुलाल वाल्मिकी, अजयबाबु शिवाकोटी, भरतकुमार शाहलगायतका नेताहरूले समसामयिक राजनीतिक अवस्था, पार्टी सुदृढीकरण र आगामी रणनीतिबारे आफ्नो धारणा राखेका थिए।

    नेपाली कांग्रेसले आन्तरिक सुधार र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा ठोस निर्णय लिने संकेत गरेको छ।

    0f7bda33-f17f-451f-a6fa-b67262b285c2.jpg
    undefined

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend