रुपन्देही । प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन हस्तान्तरण एंव समुद्घाटन कार्यक्रम सम्पन्न गरिएको छ । सोमवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लि बहादुर चौधरीले एक कार्यक्रमको बीच उक्त भवनको हस्तातरण तथा समुद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा लुम्बिनी पूर्व स्वास्थ्यमन्त्री विष्णु पन्थी,लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री भोज प्रसाद श्रेष्ठ,लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकासमन्त्री सुदर्शन बराल,पूर्व प्रदेश सभा सदस्य निर्मला क्षेत्री,बुटवल उपमहानगर पालिकाका नगरप्रमुख खेलराज पाण्डे,तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँड,देवदह नगरपालिकाका पूर्व प्रमुख हिरा बहादुर खत्री लगायतको उपस्थिति रहेको थियो ।
एड्स,क्षयरोग र मलेरिया बिरुद्धको ग्लोबल फण्डको अनुदान र सेभ द चिल्ड्रेनको प्राविधिक सहयोगमा सम्पन्न भएको उक्त भवन रु ८ करोड ७० लाख २० हजार ४ सय ७० रुपैयाँ लागतमा २०८० सोन १५ गते सम्पन्न भएको हो । कार्यक्रम स्वास्थ्यमन्त्री राजु खनालको अध्यक्षतामा सम्पन्न भएको हो ।
हेर्नुहोस् तस्विरमा:-



