Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कपिलवस्तुमा समानुपातिकको शून्य उपस्थितिले रास्वपामाथि प्रश्न


११, चैत २०८२
  • 467
    SHARES
  • कपिलवस्तुमा समानुपातिकको शून्य उपस्थितिले रास्वपामाथि प्रश्न

    कपिलवस्तु । कपिलवस्तु जिल्लाको लाखौँ जनताको मताधिकार यसपटक प्रतिनिधित्वविहीन बनेको छ।

    २०७९ सालको प्रतिनिधि सभा तथा राष्ट्रिय सभा निर्वाचनमा जिल्लाबाट तीन जना समानुपातिक सांसद र एक जना राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए। त्यसबेला नेकपा एमालेबाट सेराज फारुकी र अमृता देवी अग्रहरी प्रतिनिधि सभा सदस्य बनेका थिए भने बिमला घिमिरे राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन्।

    नेपाली कांग्रेसबाट रुपा विक समानुपातिक सांसद हुँदै राज्यमन्त्रीसमेत बनेकी थिइन्। तर, हालै सम्पन्न २०८२ को निर्वाचनले कपिलवस्तुलाई समानुपातिक प्रतिनिधित्वबाट पूर्ण रूपमा शून्य बनाएको छ। कुनै पनि दलबाट यसपटक कपिलवस्तुका उम्मेदवार समानुपातिक सांसदमा चयन हुन सकेनन्, जसले स्थानीय जनतामा गहिरो निराशा पैदा गरेको छ।

    विशेषगरी १ लाखभन्दा बढी समानुपातिक मत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि गम्भीर प्रश्न उठेको छ। महिलाको अनिवार्य संख्या नपुगेको कारण देखाउँदै अन्तिम समयमा कपिलवस्तुका लोकप्रिय युवा नेता राशिद मिर्जा बेगको नाम निर्वाचन आयोगमा पठाउन नसकिएको जानकारी बाहिरिएको छ।

    मुस्लिम क्लस्टर अन्तर्गत समानुपातिक सूचीमा दोस्रो स्थानमा रहेका मिर्जालाई अवसर नदिइनु पार्टीभित्रको निर्णय प्रक्रियामाथि नै प्रश्न उठाउने विषय बनेको छ। यता प्रत्यक्षतर्फ भने जिल्लाबाट तीन जना सांसद निर्वाचित भएका छन्।

    समानुपातिकतर्फ कांग्रेसका अकिल मिया, एमालेका सुशील श्रीवास्तव र राप्रपाकी पुष्पा रजौरियालगायतका नाम बन्दसूचीमा परे पनि अन्ततः कोही पनि चयन हुन सकेनन्। स्थानीय स्तरमा रास्वपाको संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेलेका राशिद मिर्जालाई नजरअन्दाज गरिएको भन्दै कार्यकर्ता र समर्थकहरू असन्तुष्ट छन्।

    २६ हजारभन्दा बढी मत दिलाउन सफल भएका मिर्जा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ‘स्टार प्रचारक’का रूपमा खटिएका थिए। उनलाई कपिलवस्तुमा रास्वपाको मेरुदण्डका रूपमा हेरिन्छ। यस घटनाले केवल एक नेतामाथिको अन्याय मात्र नभई कपिलवस्तु जिल्लाको समग्र राजनीतिक प्रतिनिधित्वमाथि प्रश्न खडा गरेको छ।

    लुम्बिनी प्रदेशको राजधानी बुद्धभूमि कपिलवस्तु बनाउने आश्वासन दिएर जनतालाई बुटवल र दाङतर्फ मोडिएको आरोप पनि पुनः चर्किएको छ। स्थानीय बासिन्दा तथा राजनीतिक विश्लेषकहरू अब दलहरूले क्षेत्रीय सन्तुलन, समावेशीता र जनमतको सम्मान गर्नेगरी आत्मसमीक्षा गर्नुपर्ने बताउँछन्।

    कपिलवस्तुको आवाज राष्ट्रिय राजनीतिमा पुनः स्थापित गर्ने जिम्मेवारी अब दलहरूको काँधमा आएको छ। कपिलवस्तु जिल्लाको लाखौँ जनताको मताधिकार यसपटक प्रतिनिधित्वविहीन बनेको छ। २०७९ सालको प्रतिनिधि सभा तथा राष्ट्रिय सभा निर्वाचनमा जिल्लाबाट तीन जना समानुपातिक सांसद र एक जना राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए।

    त्यसबेला नेकपा एमालेबाट सेराज फारुकी र अमृता देवी अग्रहरी प्रतिनिधि सभा सदस्य बनेका थिए भने बिमला घिमिरे राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन्। नेपाली कांग्रेसबाट रुपा विक समानुपातिक सांसद हुँदै राज्यमन्त्रीसमेत बनेकी थिइन्। तर, हालै सम्पन्न २०८२ को निर्वाचनले कपिलवस्तुलाई समानुपातिक प्रतिनिधित्वबाट पूर्ण रूपमा शून्य बनाएको छ।

    कुनै पनि दलबाट यसपटक कपिलवस्तुका उम्मेदवार समानुपातिक सांसदमा चयन हुन सकेनन्, जसले स्थानीय जनतामा गहिरो निराशा पैदा गरेको छ। विशेषगरी १ लाखभन्दा बढी समानुपातिक मत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि गम्भीर प्रश्न उठेको छ। महिलाको अनिवार्य संख्या नपुगेको कारण देखाउँदै अन्तिम समयमा कपिलवस्तुका लोकप्रिय युवा नेता राशिद मिर्जा बेगको नाम निर्वाचन आयोगमा पठाउन नसकिएको जानकारी बाहिरिएको छ।

    मुस्लिम क्लस्टर अन्तर्गत समानुपातिक सूचीमा दोस्रो स्थानमा रहेका मिर्जालाई अवसर नदिइनु पार्टीभित्रको निर्णय प्रक्रियामाथि नै प्रश्न उठाउने विषय बनेको छ। यता प्रत्यक्षतर्फ भने जिल्लाबाट तीन जना सांसद निर्वाचित भएका छन्। समानुपातिकतर्फ कांग्रेसका अकिल मिया, एमालेका सुशील श्रीवास्तव र राप्रपाकी पुष्पा रजौरियालगायतका नाम बन्दसूचीमा परे पनि अन्ततः कोही पनि चयन हुन सकेनन्।

    स्थानीय स्तरमा रास्वपाको संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेलेका राशिद मिर्जालाई नजरअन्दाज गरिएको भन्दै कार्यकर्ता र समर्थकहरू असन्तुष्ट छन्। २६ हजारभन्दा बढी मत दिलाउन सफल भएका मिर्जा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ‘स्टार प्रचारक’का रूपमा खटिएका थिए। उनलाई कपिलवस्तुमा रास्वपाको मेरुदण्डका रूपमा हेरिन्छ।

    यस घटनाले केवल एक नेतामाथिको अन्याय मात्र नभई कपिलवस्तु जिल्लाको समग्र राजनीतिक प्रतिनिधित्वमाथि प्रश्न खडा गरेको छ। लुम्बिनी प्रदेशको राजधानी बुद्धभूमि कपिलवस्तु बनाउने आश्वासन दिएर जनतालाई बुटवल र दाङतर्फ मोडिएको आरोप पनि पुनः चर्किएको छ।

    स्थानीय बासिन्दा तथा राजनीतिक विश्लेषकहरू अब दलहरूले क्षेत्रीय सन्तुलन, समावेशीता र जनमतको सम्मान गर्नेगरी आत्मसमीक्षा गर्नुपर्ने बताउँछन्। कपिलवस्तुको आवाज राष्ट्रिय राजनीतिमा पुनः स्थापित गर्ने जिम्मेवारी अब दलहरूको काँधमा आएको छ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend