Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा


१३, चैत २०८२
  • 76
    SHARES
  • आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

    काठमाण्डौ- चैत शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा र भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा–आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीका सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म आजकै दिन भएको धार्मिक विश्वास छ । उहाँलाई भगवान् विष्णुको सातौँ अवतार मानिन्छ । 

    धर्मशास्त्रविद्हरूका अनुसार रामनवमी पर्वले मर्यादित, अनुशासित र न्यायपूर्ण शासनको सन्देश दिन्छ । रामलाई 'मर्यादा पुरुषोत्तम' का रूपमा सम्मान गरिन्छ, जसले आदर्श जीवनशैली र नैतिक मूल्यहरूको उदाहरण प्रस्तुत गर्नुभएको छ । 

    यस अवसरमा नेपालको जनकपुर तथा भारतको अयोध्यामा विशेष रूपमा रामलीला प्रदर्शन गरिन्छ र भक्तजनहरूको ठूलो भीड लाग्ने गर्दछ । रामनवमीका दिन व्रत बस्ने, पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नान गर्ने, रामगीता तथा विभिन्न रामायण—वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय—को पाठ गर्ने परम्परा छ । 

    रातभरि भजन–कीर्तन गर्दै भगवान् रामको आराधना गरिन्छ । प्राचीन कालमा वासन्तीय नवरात्रलाई नै मूल दसैँका रूपमा मनाइने गरिन्थ्यो, तर अत्यधिक गर्मीका कारण पछि असोज महिनामा दसैँ मनाउने चलन शुरू भएको भनाइ छ । असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइने रामनवमी पर्वले भगवान् श्रीरामको आदर्श जीवन र कर्तव्यपरायणताको स्मरण गराउँछ । 

    रामनवमी पर्व केवल धार्मिक आस्था मात्र नभई आदर्श जीवन, अनुशासन र न्यायपूर्ण समाज निर्माणको प्रेरणा दिने महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मनाइँदै आएको छ । रामनवमीको दिन आज देशभर सार्वजनिक बिदा छ ।

  • भविष्य मालिका अनुसार कलियुगको अन्त्यतर्फ बढ्दै जाने आध्यात्मिक तथा खगोलीय परिवर्तनबारे चर्चा

    काठमाडौं । हिन्दू धार्मिक तथा आध्यात्मिक परम्परामा चर्चित भविष्य मालिकामा कलियुगको अन्त्यसँग सम्बन्धित विभिन्न खगोलीय,

  • तीजको रौनक सुरु, आज दर खाने दिन

    काठमाडौं । नेपाली महिलाको प्रमुख सांस्कृतिक पर्व हरितालिका (तीज) आजदेखि दर खाएसँगै औपचारिक रूपमा सुरु

  • प्राकृतिक विपत्तिमा ‘आत्मोद्धार’को संकल्प : देवीघाटमा लाखबत्ती प्रज्वलनसहित विशेष आध्यात्मिक अनुष्ठान

    त्रिशूली बाढीका दिवङ्गतप्रति श्रद्धाञ्जलि, पीडितको उद्धार र पुनःस्थापनाका लागि सरकार-समाजलाई सहकार्यको आह्वान काठमाडौं । त्रिशूली नदीमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend