Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मुख्यमन्त्री चौधरीकाे निर्देशन : "जनताले कुनै पनि सास्ती खेप्न नपर्ने गरी काम गर्नु"


१५, साउन २०८०
  • 414
    SHARES
  • मुख्यमन्त्री चौधरीकाे निर्देशन :  "जनताले कुनै पनि सास्ती खेप्न नपर्ने गरी काम गर्नु"

    रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले जनताका समस्यालाई पहिचान गरी लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ ।  प्रदेश जनस्वास्थ्य  प्रयोगशालाको भवन हस्तान्तरण एंव समुद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री चौधरीले गाउँ गाउँबाट विकास र सम्वृद्धिको अभियान चलाउनुपर्ने बताउदै प्रदेश सरकार त्यही अनुसार लागेको बताउनुभयो । 

    मुख्यमन्त्री चौधरीले प्रदेशको विकास र सम्वृद्धिको लागी प्रदेशमा हुने उत्पादनलाई जोड दिने गरी काम गरिरहेको बताउनुभयो । उहाँले लुम्बिनी प्रदेशमा पर्यटकहरुको बसाई लम्ब्याउन पर्यटकीय क्षेत्रहरुको सुधारमा ध्यान दिनुपर्ने बताउदै बुद्धको सन्देश विश्वभरी फैलाउन प्रचार प्रसार जोड दिने बताउनुभयो ।

    No description available.

    मुख्यमन्त्री चौधरीले जनताले कुनै पनि सास्ती खेप्न नपर्ने गरी स्वास्थ्य  क्षेत्रको सुधारका लागी स्वास्थ्य मन्त्रीलाई निर्देशन दिनुभयो । "कुनै पनि कुराको अभाव हुने छैन" मुख्यमन्त्री चौधरीले भन्नुभयो, "के कुराको अभाव छ,कति समस्या छन् सरकार समाधानका लागी तयार छ ।" जनताले कुनै दुख नपाउने गरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । 

    मुख्यमन्त्री चौधरीले प्रदेशबासीका सबै समस्या प्रदेशबाटै समाधान हुने गरी काम गरीरहेको जिकिर गर्नुभयाे । उहाँले प्रदेशको महत्वपूर्ण योजनाहरुमा सहकार्य गर्न उत्तरप्रदेशका मुख्यमन्त्री तयार रहेको बताउदै प्रदेशको बिकासका लागि सहकार्य गरेर जाने बताउनुभयाे । 

    कार्यक्रममा लुम्बिनी पूर्व स्वास्थ्यमन्त्री विष्णु पन्थी,लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री भोज प्रसाद श्रेष्ठ, लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकासमन्त्री सुदर्शन बराल, पूर्व प्रदेश सभा सदस्य निर्मला क्षेत्री, बुटवल उपमहानगर पालिकाका नगरप्रमुख खेलराज पाण्डे, तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँड, देवदह नगरपालिकाका पूर्व प्रमुख हिरा बहादुर खत्री, एड्स,क्षयरोग र मलेरिया बिरुद्धको ग्लोबल फण्डको अनुदान र सेभ द  चिल्ड्रेनका प्रतिनिधि  लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रम स्वास्थ्यमन्त्री राजु खनालको अध्यक्षतामा सम्पन्न भएको थियो । 

     

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • अर्घाखाँची कांग्रेसका ६ पालिकामा नयाँ नेतृत्व चयन, चार पालिकामा सभापति सर्वसम्मत

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन भएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend