काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकारले सञ्चालन गरेको भ्रष्टाचार, बेथिति र अनियमितता विरोधी अभियान रोकिन नहुने बताएउनु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको पार्टी पदाधिकारी बैठकमा विशेष समय लिएर बोल्दै पुनले भ्रष्टाचार, तस्करी र अनियमिततामा संलग्न कसैलाई उन्मुक्ति हुन नहुने बताउनु भएको हो । सरकारको भ्रष्टाचार विरोधी अभियान सही रहेको भन्दै त्यसमा पार्टी पंक्तिको साथ र सहयोग रहेको उल्लेख गर्नुभयो ।
नेता पुनले सुन तस्करी प्रकरणमा आइतबार पक्राउ परेका तिब्बतीमुलका बेल्जियन नागरिक दावा छिरिङसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पार्दै सरकारले सञ्चालन गरेको भ्रष्टाचार र अनियमितता विरोधी अभियानलाई अन्यत्रै मोड्ने नियोजित चलखेलका रुपमा आफ्नो नाम दावासँग मुछ्ने प्रयास भएको टिप्पणी गर्नुभयो ।
आफ्नो गृहजिल्ला रोल्पा थवाङकी पार्टी कार्यकर्ता समेत रहेकी शहीद परिवारकी अमला रोकाले दावासँग विवाह गरेको र अमलाले आफूसँग चिनजान गराउन एकपटक डेरामा लिएर आएको नेता पुनेको प्रष्टीकरण छ ।
‘दावा पक्राउ परेपछि ८ वर्ष पहिला भएको भेटघाटको समयमा खिचिएको सामूहिक तस्बिरलाई अहिलेको घटनासँग जोडेर प्रचार भएकोा जनाउँदै पुनले आफ्नो सार्वजनिक छवि माथिको आक्रमण र चरित्र हत्या भएको बताउनु भएको छ ।