Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गृहमन्त्री गुरूङको स्पष्ट निर्देशन: “प्रहरीमाथि कुनै हस्तक्षेप हुँदैन, जनमुखी सेवा प्राथमिकता”


१७, चैत २०८२
  • 92
    SHARES
  • गृहमन्त्री गुरूङको स्पष्ट निर्देशन: “प्रहरीमाथि कुनै हस्तक्षेप हुँदैन, जनमुखी सेवा प्राथमिकता”

    काठमाडौं - गृहमन्त्री सुधन गुरूङले नेपाल प्रहरीलाई निष्पक्ष र निर्धक्क रूपमा काम गर्न निर्देशन दिँदै प्रहरीमाथि कुनै पनि तहबाट हस्तक्षेप नहुने स्पष्ट पारेका छन्।

    सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमणका क्रममा उनले यस्तो सन्देश दिएका हुन्। प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै गृहमन्त्री गुरूङले सीमित स्रोतसाधनका बाबजुद नेपाल प्रहरीले जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्दै आएको प्रशंसा गरे।

    उनले आगामी दिनमा अझ व्यावसायिक, परिणाममुखी र जनउत्तरदायी ढंगले काम गर्न आग्रह गर्दै प्रहरीको मनोबल उच्च राख्न निर्देशन दिए। उनले नागरिक–प्रहरी सम्बन्ध सुधारलाई विशेष प्राथमिकतामा राख्दै शिष्ट व्यवहार, सेवा प्रवाहमा संवेदनशीलता र जनतासँगको दूरी घटाउने उपाय अवलम्बन गर्न जोड दिए।

    “प्रहरी सेवा नागरिकका लागि हो, त्यसैले उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्दै उत्कृष्ट सेवा दिनुपर्छ,” उनले भने। गृहमन्त्री गुरूङले प्रविधिमैत्री प्रहरी निर्माण, डिजिटल फरेन्सिक, एआई तथा डेटा विश्लेषण जस्ता आधुनिक प्रणालीको प्रयोगलाई विस्तार गर्ने प्रतिबद्धता जनाए।

    साथै विपद् व्यवस्थापनमा प्रहरीको अग्रणी भूमिका सुदृढ गर्न आवश्यक तालिम र स्रोतसाधन थप गरिने बताए। कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन नेपाल प्रहरीले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै आगामी दिनमा अझ छिटो, प्रभावकारी र फरक शैलीमा सेवा दिन निर्देशन दिए।

    प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले संगठन संविधान र कानुनको परिधिभित्र रही मानवअधिकारको सम्मान गर्दै काम गरिरहेको उल्लेख गर्दै गृहमन्त्रीबाट प्राप्त निर्देशनले प्रहरी संगठनको मनोबल थप उकासिने विश्वास व्यक्त गरे।

    निरीक्षणका क्रममा गृहमन्त्री गुरूङले अमर प्रहरी स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै डिजिटल फरेन्सिक ल्याब, एआई सेल, डाटा सेन्टर लगायत विभिन्न इकाइहरूको अवलोकन गरेका थिए।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend