Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एमालेले ओली पक्राउ परेको विषय संसदमा उठाउने


१७, चैत २०८२
  • 69
    SHARES
  • एमालेले ओली पक्राउ परेको विषय संसदमा उठाउने

    काठमाण्डाै – नेकपा एमालेले पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेको विषयलाई प्रतिनिधिसभा बैठकमा उठाउने भएको छ ।

    एमालेको आज बसेको सचिवालय बैठकले ओली पक्राउ परेकाे विषय सङ्घीय संसदमा उठाउने र विरोध जनाउने निर्णय गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो । सङ्घीय संसद्को बैठक पर्सि बिहीवारका लागि बोलाइएको छ ।

    यस्तै एमालेले वडादेखि केन्द्रसम्म चरणबद्ध आन्दाेलन गर्ने निर्णय गरेकाे छ । एमालेले चैत २८ गते पालिकास्तरमा, वैशाख ३ गते वडास्तरमा, ७ गते प्रदेशस्तरमा र १२ काठमाण्डाैमा विराेध प्रदर्शन गर्ने निर्णय भएकाे महासचिव पाेखरेलले बताउनुभयाे ।

    गएको भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै सरकारले शनिवार बिहान ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो ।

    यस्तै आज बिहान काठमाण्डौका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पनि पक्राउ पर्नुभएको छ । रिजालमाथि पनि आन्दोलनमा दमन गरेको आरोप छ ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend