Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कामबाटै आफूलाई प्रमाणित गर्छाैँ : सभापति लामिछाने


१९, चैत २०८२
  • 62
    SHARES
  • कामबाटै आफूलाई प्रमाणित गर्छाैँ : सभापति लामिछाने

    काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले पाएको जनमत सरकार चलाउन नभई व्यवस्था र कार्यशैली बदल्नका लागि भएको बताउनुभएको छ ।

    प्रतिनिधिसभाको पहिलो बैठकलाई आज सम्बाेधन गर्दै सभापति लामिछानेले रास्वपाले प्राप्त गरेको मत नागरिकको आशा र आक्रोशको मत भएको भन्दै जिम्मेवार भएर जनमतको भावनाअनुसार अघि बढ्ने प्रतिज्ञा गर्नुभयो ।

    नागरिकले परिवर्तनकै लागि रास्वपालाई रोजेको भन्दै उहाँले त्यस मतादेशको कदर गर्दै जिम्मेवार भएर गुण तिर्ने प्रतिज्ञा बताउनुभयाे । पार्टी र सरकारले बोलेर भन्दा पनि काम गरेर नागरिकमाझ आफ्नो औचित्य प्रमाणित गर्नुपर्ने बेला आएको उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो, ‘हामीले पाएको मत समर्थनको मात्र होइन परिवर्तनको हो । हामीलाई नागरिकले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, सिंहदरबार बदल्न हो । म गर्वका साथ भन्न सक्छु । हामीले बदल्न शुरू गरिसकेका छौँ । अब हामीले बोलेर मात्र हुँदैन । रास्वपाका हरेक माननीयहरूले कामबाटै पार्टी र सरकारलाई प्रमाणित गर्नुपर्छ । अब हामीले भन्दा पनि सरकारका कामहरू अझै राम्रोसँग बोल्नेछन् ।’

    सभापति लामिछानेले सुशासनको सवालमा कुनै पनि सम्झैता नगर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend