Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

एफएनसीसीआई लुम्बिनी प्रदेशमा अध्यक्षका लागि प्रतिस्पर्धा, जमशेर मियालाई व्यापक समर्थन


२१, चैत २०८२
  • 109
    SHARES
  • एफएनसीसीआई लुम्बिनी प्रदेशमा अध्यक्षका लागि प्रतिस्पर्धा, जमशेर मियालाई व्यापक समर्थन

    बुटवल । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) लुम्बिनी प्रदेश अध्यक्ष पदका लागि जमशेर मिया र ठाकुरकुमार श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन् ।

    चैत २१ गते हुने अधिवेशनमा अध्यक्ष पदका लागि हुने प्रतिस्पर्धाले व्यवसायिक वृत्तमा चासो बढाएको छ । चन्दौटा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा महासंघका कार्यकारिणी सदस्य समेत रहेका जमशेर मियालाई प्रदेशका विभिन्न जिल्लाबाट उल्लेखनीय समर्थन प्राप्त भइरहेको बताइएको छ ।

    व्यवसायीहरूबीच मियाले समावेशी नेतृत्व, क्षेत्रीय सन्तुलन र उद्यमीको हितमा काम गर्ने प्रतिबद्धताका कारण लोकप्रियता हासिल गरेका छन् । निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता धर्म खड्काका अनुसार अध्यक्ष पदबाहेक अन्य अधिकांश पदहरूमा निर्विरोध चयन भएको छ । जिल्ला नगर उपाध्यक्षमा दाङका टंकसिंह बुढाथोकी, एसोसिएट उपाध्यक्षमा पाल्पाका राजु महर्जन र कोषाध्यक्षमा बर्दघाटका लेखनाथ न्यौपाने निर्विरोध भएका छन् ।

    त्यसैगरी खुला सदस्यतर्फ ओमप्रकाश अग्रहरी (परासी), माधव भण्डारी (प्युठान) र बद्रिनाथ बराल (बर्दिया) उम्मेदवार रहेका छन् । एसोसिएट सदस्यमा सौरभ अग्रवाल र युवराज पोखरेल तथा वस्तुगत सदस्यमा कृष्णप्रसाद घिमिरेको उम्मेदवारी परेको छ । भैरहवास्थित प्रदेश सचिवालयमा आयोजना हुने प्रदेश सभा बिहान ९:३० बजे सुरु हुने छ ।

    उद्घाटनपछि बन्दसत्रमा अध्यक्षको सम्बोधन, गणपूरक संख्या, वार्षिक प्रतिवेदन प्रस्तुत र आगामी आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्ति लगायतका एजेन्डा समावेश गरिएका छन् ।

    आगामी नेतृत्व चयनले लुम्बिनी प्रदेशको औद्योगिक तथा व्यावसायिक विकासमा महत्वपूर्ण दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ । यसैबीच, जमशेर मियालाई प्राप्त समर्थनले चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend