Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेसको १५औं महाधिवेशनका लागि आजदेखि प्रक्रिया सुरू


२१, चैत २०८२
  • 115
    SHARES
  • कांग्रेसको १५औं महाधिवेशनका लागि आजदेखि प्रक्रिया सुरू

    काठमाडौं । नेपाली कांग्रेसले आज (शनिबार) देखि १५ औं महाधिवेशनको प्रक्रिया अगाडि बढाउने भएको छ । पछिल्लो केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णयअनुसार कांग्रेसले शनिबारदेखि १५औं महाधिवेशनको प्रक्रिया अगिाडि बढाउन लागेको हो ।

    प्रतिनिधिसभा निर्वाचनपछि १०–११ चैतमा बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी असोज (१६–१९) मा १५ औं महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका पारित गरेको थियो ।

    कार्यतालिकाअनुसार २१ चैतदेखि मसान्तसम्म केन्द्रबाट सदस्यता फारम वडा तहसम्म पठाउने र सदस्यता वितरणका लागि १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने भनिएको थियो ।

    कांग्रेसले देशभर क्रियाशील सदस्यता वितरणका लागि खटिने प्रतिनिधिहरूलाई शनिबार ‘आरेन्टेसन’ दिँदैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले प्रतिनिधिहरूका लागि दिउँसो २ बजे सानेपामा ‘आरेन्टेसन’ राखिएको जानकारी दिए ।

    कांग्रेसले निर्वाचन क्षेत्रमा खटिने प्रतिनिधिहरूको नाम भने सार्वजनिक गरेको छैन । दुलालले शनिबार दिउँसो विज्ञप्तिमार्फत् प्रतिनिधिहरूको नाम सार्वजनिक गरिने बताएका छन् ।

    ‘आज २ बजे प्रतिनिधिहरूका लागि ‘आरेन्टेसन’ छ । ‘आरेन्टेसन’ पछि उहाँहरूको नाम सार्वजनिक गर्छौं,’ कार्यवाहक मुख्य सचिव दुललाले भने, ‘साना जिल्लामा एक जना र ठूला जिल्लामा दुई जना प्रतिनिधि खटिनुहुन्छ ।’

    महाधिवेशनका लागि कांग्रेसले १ वैशाखदेखि मसान्तसम्म देशभरका वडाहरूबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने गर्ने भएको छ । सदस्यता अद्यावधिकका लागि कांग्रेसले बैशाखभर एक महिने सदस्यता अद्यावधिक अभियान सञ्चालन गर्ने छ ।

    एक महिने सदस्यता अद्यावधिक अभियानपछि वडाहरूले क्रियाशील सदस्यता १५ जेठसम्म प्रतिनिधिसभा क्षेत्र र जिल्लामा पठाइसक्नु पर्ने छ । यस्तै क्षेत्र र जिल्लाले सदस्यता ‘इन्ट्री’ गरेर २५ जेसम्म केन्द्रमा पठाइसक्नु पर्ने छ ।

    केन्द्रले सदस्यतामा आवश्यक छानबनि गरेर अन्तिम टुंगो लगाउने मिति १५ असारका लागि तोकिएको छ । यस्तै असार मसान्तसम्म अद्यावधिक क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाइसक्ने कांग्रेसको कार्यतालिका छ ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend