Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

उद्योग वाणिज्य महासंघ लुम्बिनीको अध्यक्षमा ठाकुरकुमार श्रेष्ठ


२१, चैत २०८२
  • 227
    SHARES
  • उद्योग वाणिज्य महासंघ लुम्बिनीको अध्यक्षमा ठाकुरकुमार श्रेष्ठ

    भैरहवा — नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशको अध्यक्षमा भैरहवाका ठाकुरकुमार श्रेष्ठ विजयी भएका छन् । उनी सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हुन् ।

    भैरहवामा शनिबार सम्पन्न महासंघको आठौं प्रदेशसभा तथा अधिवेशनमा श्रेष्ठले कपिलवस्तु चन्द्रौटाका जमसेर अलि मियाँलाई पराजित गरेका हुन् । महासंघको एसोसिएटतर्फ १ सय २ मत खसेकोमा श्रेष्ठले ९६ मत प्राप्त गरेका थिए । मियाँले भने ६ मत मात्र प्राप्त गरे । 

    जिल्ला/नगरतर्फ ३३ मत खसेकोमा श्रेष्ठले २१ र मियाँले १२ मत प्राप्त गरेका थिए । वस्तुगततर्फ रहेको एकमात्र मत पनि श्रेष्ठले नै पाए । जिल्ला/नगर उपाध्यक्षमा दाङका टंकसिंह बुढाथोकी, एसोसिएट उपाध्यक्षमा पाल्पाका राजु महर्जन निर्विरोध निर्वाचित भएका छन् ।

    कोषाध्यक्षमा नवलपरासीका लेखनाथ न्यौपाने, सदस्यमा बर्दियाबाट बद्रीनाथ बराल, प्युठानका माधवराज भण्डारी निर्विरोध निर्वाचित भएका छन् भने एसोसिएट सदस्यहरुमा रुपन्देहीका सौरभ अग्रवाल र लमहीका युवराज पोखरेल निर्विरोध निर्वाचित भएका छन् । 

    ११ सदस्यीय समितिमा एक जना महिलासहित २ जना मनोनीत गर्ने प्रावधान छ । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले महासंघलाई अझ बलियो बनाउँदै व्यावसायिक हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend