Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

संघीय संसद्को दुवै सदनको बैठक आज, यस्ता छन् कार्यसूची


२२, चैत २०८२
  • 112
    SHARES
  • संघीय संसद्को दुवै सदनको बैठक आज, यस्ता छन् कार्यसूची

    काठमाडौँ । संघीय संसद्‌अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा, दुवै सदनको बैठक आज बस्दैछ ।

    प्रतिनिधिसभाको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गर्नेछ भने राष्ट्रियसभामा विभिन्न मनोनयन र प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

     

    अर्याल शुक्रबार नै सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् ।

    सिंहदरबारस्थित नयाँ संसद् भवनमा बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभा बैठकमा ‘डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्तावलाई औपचारिक रूपमा निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ ।

    अर्यालको उम्मेदवारीमा रास्वपाका सभापति रवि लामिछाने प्रस्तावक छन् भने सांसदहरू स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्साल समर्थक रहेका छन् ।

    यसैगरी, राष्ट्रियसभाको बैठक दिउँसो १२ः१५ बजे बस्नेछ । बैठकमा सभाध्यक्षले विषयगत समितिहरूमा सदस्यहरूको नाम मनोनयन तथा हेरफेर गर्ने कार्यसूची छ । साथै, अध्यक्ष र उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम पनि मनोनयन गरिनेछ ।

    संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयका अनुसार, बैठकमा बालेन्द्र शाहले महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको छ ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend