काठमाडौँ । प्रतिनिधि सभाको बैठक मंगलबारका लागि सारिएको छ । आज दिउँसो १ बजेका लागि बस्ने भनिएको बैठक संसद् सचिवालयले सूचना टाँस गर्दै बैठक स्थगन गरिएको हो ।
बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ । यसअघि बैठक साउन १० गते बसेको थियो । साउन ३ गते नियन्त्रणमा लिइएको अबैध सय किलो सुन छानबिन गर्न उच्चस्तरीय समिति गठन नगरेसम्म संसद चल्न नदिने भन्दै एमालेले अवरोध गरेपछि बैठक आजका लागि सारिएको थियो ।
आज पनि समिति नबनेको भन्दै एमालेले संसद बैठक बस्नै नदिएको हो ।