Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

संसद् बैठक : प्रतिनिधि सभामा २ समिति गठन, ३ अध्यादेश स्वीकृत


२३, चैत २०८२
  • 118
    SHARES
  • संसद् बैठक : प्रतिनिधि सभामा २ समिति गठन, ३ अध्यादेश स्वीकृत

    काठमाडौँ । सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भएपछि उनको अध्यक्षतामा बसेको प्रतिनिधि सभा बैठकले सभा सञ्चालनका लागि आवश्यक पर्ने दुई समिति बनाएको छ ।

    सोमबार सिंहदरबारको पुतली बगैँचामा निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बसेको बैठकले प्रतिनिधि सभा कसरी सञ्चालन गर्ने ? के-के कार्यसूची राख्ने भन्ने निर्धारण गर्ने कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ ।

    सभामा सभामुख अर्यालले २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको जानकारी दिए । त्यो समितिमा मनोनित गरेका सदस्यहरूको नामावली पनि उनले पढेर सुनाए । समिति सभामुखको अध्यक्षतामा रहने व्यवस्था छ ।

    सभामुख अर्यालका अनुसार समितिमा अचुतम लामिछाने, अप्साना बानु, आरएन राई, केपी खनाल र कामिनी चौधरी छन् । त्यस्तै समितिमा क्रान्तिशिखा धिताल, खुश्बु ओली, गणेशसिंह ठगुन्ना, गुरुप्रसाद बराल, गंगालक्ष्मी अवाल र तपेश्वर यादव छन् । त्यस्तै देवराज पाठक, नरेन्द्रकुमार केरुङ, प्रकाशचन्द्र परियार, निशा डाँगी, बोधनारायण श्रेष्ठ, मिनाकुमारी यादव, युवराज दुलाल, राजन गौतम, डा.राम लामा र विपिनकुमार आचार्य रहेका सभामुख अर्यालले बताए ।

    त्यस्तै बैठकले सभाको सञ्चालन नियमावलीको मस्यौदा समिति पनि सभाबाट अनुमोदन भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको सभापतित्वमा १५ सदस्यीय समिति बनाइएको हो ।

    बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कवीन्द्र बुर्लाकोटीले मस्यौदा समिति प्रस्ताव गरेका थिए । त्यो प्रस्तावलाई प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका सांसदले समर्थन गरेपछि मस्यौदा समितिले सर्वसम्मत भएको हो ।

    सर्वसम्मत भएको पराजुली नेतृत्वको समितिमा डा. ओजश्वी शेरचन, ऐन महर, खुस्वु ओली, खगेन्द्र सुनार, गजलासमिम मिश्रानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, निश्कल राई, वलावती शर्मा, मधु चौलागाई, रेखा कुमारी यादव यज्ञमणि न्यौपाने, सुलभ खरेल छन् ।

    समितिले सभामुखको निर्देशनमा कार्यविधि बनाउनेछ भने आवश्यक देखेमा विशेषज्ञको सहयोग लिन सक्नेछ । समितिको कार्यअवधि १४ दिनको हुनेछ ।  

    बैठकले गृहमन्त्री सुधन गुरुङले सभामा प्रस्तुत गरेका ‘मतदाता नामावली (पहिलो संशोधन), अध्यादेश २०८२’,‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) २०८२ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ लाई सर्वसम्मतिले स्वीकृत गरेको छ । तीनवटै प्रस्तावमाथि सभामुख अर्यालले ‘हुन्छ र हुन्न’ भनी मत विभाजन गर्दा हुन्न भन्ने पक्षमा कुनै सांसद देखिएनन् ।

    सभाबाट पूर्वसांसद रामचन्द्र भट्टराईको निधनमा शोक प्रस्ताव पारित भएको छ । प्रतिनिधि सभाको अर्को बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ । 

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend