Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

राष्ट्रिय एकतालाई स्थायी गराउनु सवैको कर्तव्य : सभापति देउवा


१५, साउन २०८०
  • 218
    SHARES
  • राष्ट्रिय एकतालाई स्थायी गराउनु सवैको कर्तव्य : सभापति  देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय एकतालाई स्थायी गराउनु सवैको कर्तव्य भएको बताउनुभएको छ । कांग्रेस, क्षेत्रीय कार्यसमिति क्षेत्र नम्वर १ नुवाकोटले सोमबार काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै देउवाले संविधानको सफल कार्यान्वयन गर्दै राष्ट्रिय एकतालाई स्थायी गराउनु सवैको कर्तव्य भएको बताउनुभएको हो ।

    उहाँले मुलुकमा स्थायी शान्ति स्थापना गर्नुपर्ने र आपसी द्वन्द्वलाई समाप्त पार्दै संघीय गणतन्त्रलाई सुदृढ गर्नुपर्ने धारणा राख्नुभयो । सवैको सहमतिमा निर्माणमा बनेको संविधानलाई स्थायी रुप दिन यसमा भएका कमकमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 

    कार्यक्रममा अर्थमन्त्री एवं कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले व्यक्तिगत स्वार्थलाई त्यागेर पार्टीलाई बलियो बनाउनुपर्ने बताउनुभयो । कांग्रेस काम गर्ने पार्टी भएपनि प्रचारको अभावमा कांग्रेसले गरेका कामलाई जनमानसमा पुराउन नसकिएको बताउनुभयो । 

    उहाँले सामाजिक सञ्जालमा एकअर्कालाई होच्चाउने काम बन्द गर्न आग्रह समेत गर्नुभयो ।

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • असोज १६ को कांग्रेस महाधिवेशन उद्घाटनमा प्रमुख दलका शीर्ष नेतालाई औपचारिक निमन्त्रणा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा आतिथ्यका

  • गगनको नेतृत्वमा कांग्रेसको नयाँ  एजेन्डा : निर्मला क्षेत्रीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी 

    अर्घाखाँच । नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक निर्मला क्षेत्रीले १५औँ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend